धरान / युवा पुस्तामा निक्कै चर्चित गायक याबेश थापा धरानको बगरकोट स्थित भिन्टेज फेमिली  रिसोर्टमा आयोजना हुने " न्यु यर इभ  २०२२ "कन्सर्टको लागि धरान आउँनु भएकाे छ ।   

मायालु , लाखौ हजारौ , के हुन्छ भनेर , ए मुटु सुन मेरो कुरा जस्ता दर्जनौ गीत याबेश थापाका युवा पुस्ता माझ निक्कै चर्चित छन्।  सन् २०२२ लाई स्वागत गर्न पौष १६ गते शुक्रबार (dec 31  )भब्य स्टेज ,साउण्ड,लाईटसहित  भिन्टेज फेमिली  रिसोर्टमा कार्यक्रम आयोजना गर्न लागेको  केएन इन्टरटेनमेन्टका कृष्ण राईले बताउनु भयाे ।  कार्यक्रमलाई मनोरंजनात्मक बनाउन स्थानीय ल्यासोज ब्याण्डको प्रस्तुति संगै  डिजे लाक्पा र डिजे डबल बीले पनि स्टेज तताउनु हुने छ ।