धरान । धरानमा तीन दिनसम्म ‘धरान डे’ मनाइने भएको छ । बुधबार मेयर तिलक राईको अध्यक्षतामा बसेको नगर कार्यपालिकाको बैठकले पुस २०, २१ र २२ गते ‘धरान डे’ मनाईने निर्णय गरेको हो । 

धरान उपमहानगरपािलकाले पुस २० गते नगरपालिका स्थापना भएको  दिनको अवसरर्मा  ‘धरान डे’को रुपमा विविध कार्यक्रमको आयोजना गरी हरेक वर्र्ष मनाउने गरेको छ । पुस २० गते पहिलो दिन बिहान ११ बजे धरान १२ स्थित पब्लिक हाईस्कुलबाट सांस्कृतिक झाकी सहितको र्यालि निकालिने छ भने  दिउँसो १ बजे कार्यक्रमका प्रमुख अतिथि प्रधानमन्त्री शेरबहादुर देउवाले ‘धरान डे’ उत्सवको औपचारिक रुपमा उद्घाटन गर्नुहुनेछ । सोही दिन साँझ ५ बजेदेखि राति ९ बजेसम्म सांगितिक कार्यक्रम हुने उपमहानगरले जनाएको छ । 

सो अवसरमा प्रत्येक वडा सरसफाई, मास साईकलिङ, बहुभाषिक कविता गोष्ठि, लोक दोहोरी कार्यक्रम, रस्सी तान प्रतियोगितालगायतका कार्यक्रम तय गरिएको मेयर राईले जानकारी दिनु भयो ।  हुनेछ भने साढे २ बजे कार्यक्रम समापन गरिनेछ । बेलुका ४ बजेदेखि ५ बजेसम्म  पुस २० गते पहिलो दिन धरान उपमहानगरपालिका क्षेत्रमा सार्वजनिक विदा दिने पनि कार्यपालिका बैठकले निर्णय गरेको छ ।