धरान  / फ्याकल्टीहरुको बढुवा, सरकारले  बढाएको तलव निकासीलगायतको माग राख्दैं चिकित्सा तथा दन्त चिकित्सा शिक्षक कल्याणसमाजले धरानस्थित बिपी कोइराला स्वास्थ्य प्रतिष्ठानका उपकुलपलिाई ध्यानाकर्षण गराएको छ ।

बुधबार उपकुलपति डा. ज्ञानेन्द्र गिरीलाई भेटि लामो समयदेखि चिकित्सक शिक्षकहरुको सामान्य मागलाई लिएर पटक पटक जानकारी गराउदासमेत प्रशासनले सुनुवाई नगरेको भन्दैं के कति कारणले  प्रतिष्ठानका लागि काम गर्ने चिकित्सकहरुको सामान्य समस्या प्रति चासो नदेखाएको हो भन्दैं प्रश्न गरिएको छ ।  

समाजका अध्यक्ष डा. अरुणकुमार सिंह र महासचिव डा. आरती शर्माले सयुक्त हस्ताक्षर गरेर अस्पताल निर्देशक प्राडा गौरीशंकर साहको उपस्थितिमा ज्ञापन पत्र बुझाइएको हो ।

फ्याकल्टी चिकित्सकको ३ बर्षदेखि बढुवा रोकिएको छ । २०७६ सालमा सरकारले वृद्धि गरेको तलव हालसम्म नदिएको समसाजले  जनाएको छ । 

फ्याकल्टी र कर्मचारीका छोराछोरीलाई एविविएस र विडिएस अध्ययनमा दिइदै आएको सुविधा पनि यथावत गर्न सुझाव दिइएको छ ।