धरान  / सुनसरीको दुहवी नगरपालिका–३ बाट १ थान पेस्तोल सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका–१२ खनारका ३४ बर्षीय काउ भनिने शुसिल शाह रहेका छन् । साहले पेस्तोल लिई हिडिरहेको भन्ने बिशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दुहवीबाट खटिएको प्रहरी टोलीले मंगलबार राती साँढे १० बजे दुहवी–३ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एसपी सञ्जय सिंह थापाले जानकारी दिनु भयो ।  

साहको साथबाट प्रहरीले १ थान कटुवा पेस्तोल र १ थान फिङगर पहुँच बरामद गरेको छ । हतियार सहित पक्राउ परेका साहको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । सोमबार साँझ कोशी गाउँपालिकाबाट भारतीय हतियार कारोवारी पक्राउ गरे पछि प्रहरीले थप सक्रियता देखाएको थियो । हतियारधारी खोज्ने क्रममा दुहवीबाट एक जनालाई पक्राउ गरेको हो ।

सोमबार साँझ सुनसरी कै कोशी गाउँपालिका–१ स्थितबाट २ नाल अटोमेटिक पेस्तोलसहित २ जना भारतीइलाई प्रहरीले पक्राउ गरेको थियो ।  कोशी गाउँपालिका–१ स्थित बिएस होटलबाट भारत बिहार अररिया, बासमटियाका ३५ बर्षिय बिधानन्द राम र २४ बर्षिय हासिम अंसारीलाई २ थान पेस्तोल सहित पक्राउ गरिएको थियो ।  होटलको कोठामा बसिरहेको अवस्थामा कोठा खानतलासी गर्दा निजहरुले ओछ्यानमा लुकाई राखेको अवस्थामा पेस्तोल २ थान, म्याग्जिन ४ थान, ठ।टछ mm को गोली ३ राउण्ड बरामद गरिएको एसपी थापाले बताए । उनीहरुबाट मोबाइल १ थान, द्यच्छण् प्  ण्ज्ञद्धढ  नम्वरको मोटरसाईकल र भारतीय २ हजार रुपैया समेत बरामद भएको थियो ।  

ऋाधुनिक हतियारसहित पक्राउ परे पछि प्रहरीले हतियार कारोवारी नेपाल प्रवेश गरेको आसंकामा व्यापक प्रहरी चालन गरेको बताइएको छ ।