धरान / धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीले छलफलको माध्यमबाट प्रतिष्ठानका तमाव समस्याको समाधान गर्न सकिने बताउनु भएको छ । 

उहाँले मंगलबार अपिल जारी गर्दै प्रतिष्ठानको सर्वोपरि हितलाई ध्यानमा राखेर एकजुट भई यहाँको समस्या छलफल, वार्ताबाट समाधान गरि अघि बढ्न सबैमा अपलि गर्नु भएको छ । 

आपसी समन्वय, सहकार्य एवं छलफलबाट जहिले पनि जस्तो सुकै समस्याहरुको समाधान गर्न सकिने विश्वासका साथ वार्ता एवं छलफलको ढोका सदैव खुल्ला रहेको पनि उहाँले अपिलमा उल्लेख गर्नु भएको छ ।  

उहाँले प्रतिष्ठानका चिकित्सक, शिक्षक, कर्मचारीहरुले उठान गरेका जाहेज मागको क्रमशः प्रक्रियागत पुरा गर्ने चरणमा प्रशासन रहेको बताउदैं आफसी छलफल, समन्वयबाट समस्याको समाधान तर्फ प्रतिष्ठान अघि बढेको र सबैको साथ सहयोग आवश्यक भएको उल्लेख गर्नु भएको छ । 

 प्रतिष्ठान परिवार एवं सरोकारवाला निकायहरु एकवद्ध भई व्यक्तिगत एवं संस्थागत कमीकमजोरीहरुलाई आत्मसात गर्दै सुधार गर्ने पनि अपिलमा उल्लेख गर्नु भएको छ ।