धरान  / नेपाल वन पैदावर उद्योग व्यवसायी संघ सुनसरीको साधारण सभाले युवराज वस्नेतको अध्यक्षतामा नया कार्यसमिति गठन गरेको छ । 

सोमवार धरानको हरियाली सामुदायिक वन उपभाोक्तासमुहको हलमा  भएको २१ औं साधारण सभा तथा ८ औ अधिवेशनले  समितिको वरिष्ठ उपाध्यक्षमा डिकबहादुर भुजेल र उपाध्यक्षमा रोहित सुव्वालाई चयन गरेको छ । 

यस्तै सचिव,सहसचिव,कोषाध्यक्ष र सहकोषाध्यक्षमा क्रमस ज्ञानबहादुर बस्नेत,कुमार तामाङ,प्रमोद श्रेष्ठ र प्रमेश्वर चौधरी चयन हुनु भएको छ ।  

अन्य सदस्यहरुमा सुवर्ण सम्सेर राई,विनोद पौडेल,राजकुमार तामाङ,विनोद चौधरी,कृष्ण खड्का, मेघराज पौडेल,इश्वरी भट्टराई र झइन्द्र खड्का रहनु भएको  छ ।  

केशव श्रेष्ठ,मनोज राउत र सुरेन्द्र स्थापित तीन सदस्य निर्वाचन कमिटीले उहाँहरुलाई चयन गरेको हो ।  उद्घाटन कार्यक्रममा नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष मन्जिलबावु मास्के,डिभिजन वन कार्यालय सुनसरीका प्रमुख दानबहादुर श्रेष्ठ,घरेलु तथा साना उद्योग कार्यालय सुनसरीका प्रमुख राजन पाण्डेलगायतको उपस्थिति रहेको थियो ।