धरान  /  धरानमा प्रदेश स्तरिय गायन प्रतिभाको खोजीका लागि भ्याइस आइडियल प्रतियोगिता हुने भएको छ ।  लाइभ टिभि नेटवर्क प्रालि धरानको ब्यानरमा पुस १५ गते देखि प्रदेश १ को १४ जिल्लाको विभिन्न स्थानमा अडिसन गर्ने तयारी भइरहेको टिभीका सञ्चालक गोविन्द विकले जानकारी दिनु भयो ।   सो प्रतियोगिताको अडिसन धरान १ स्थित उद्योग बाणिज्य सघको सभाहलबाट शुरु गर्न लागेको उहाँले बताउनु भयो । 

आयोजकले दिएको जानकारी अनुसार अडिसन पुस १५ गते धरान, पुस २१ गते इटहरी ,पुस २४ गते इनरुवा, पुस २८ गते बेलबारी मोरङ्ग,  माघ २ गते उर्लावारी मोरङ्ग, माघ ६ गते विराटनगर मोरङ्गमा अडिसन आयोजना हुनेछ । त्यसैगरी माघ ९ गते दमक झापा, माघ १३ गते विर्तामोड,झापा,माघ १९ गते भद्रपुर,झापा,माघ २५ र २६गते धनकुटा,माघ २९ र फागुन १ गते सखुवासभाको चैनपुर र खादबारीमा हुने तालिका तय भएको उहाँले बताउनु भयो । 

त्यस्तै फागुन ३ र ४ गते तेह्रथुम,फागुन ७ र ८ गते खोटाङ,फागुन ११ र १२ गते भोजपुर,फागुन १५र १६ गते उदयपुर,फागुन १८र १९ गते ओखलढुंगा, फागुन २२र २३ गते इलाम, फागुन २६र २७ गते पाचथर,फागुन २९ र ३० गते ताप्लेजुङ्ग चैत्र ४र ५ गते सोलुखुम्बुमा अडिसन हुनेछ । जिल्लाबाट छनौट भएर आएकाहरुबाट धरानमा फाइनल अडिशन हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा प्रथम हुनेले १५० सीसीको यमाहा बाइक, १ लाख नगद , र १५ लाखको १ वर्षको बिमा पोलिसी हात पार्ने कार्यक्रमका प्रवन्ध निर्देशक गोविन्द विश्वकर्माले जानकारी दिनु भयो । 

त्यसैगरी उपविजेताले ७५ हजार नगद , ल्यापटप, १० लाखको १ वर्षको बिमा पोलिसी हात पार्नेछन् । त्यसैगरी तेस्रो हुनेले ५० हजार नगद , मोबाइल गिफ्ट , ५ लाखको १ वर्षको बिमा पोलिसी प्राप्त गर्नेछन् । टप १० मा पुग्ने ७ जना प्रतियोगीलाई मोबाइल गिफ्ट प्रदान गरिने जानकारी आयोजकले जनाएको छ ।