सप्तरी ।  सप्तरीको छिन्नमस्ता गाउँपालिकामा सोमबार विहान पुनः जनाको घाँटी रेटेर हत्या भएको छ ।

वडा नम्वर १ बरहीविरपुरका ५५ वर्षीया भुतनीदेवी यादवको घाँटी रेटेर हत्या हो । विहान घरबाट खरानी लिएर खेत पुगेकी यादवको खेतमै घाँटी रेटिएको अवस्थामा शव बरामद भएको स्थानीय शुभनारायण यादवले जानकारी दिनु भएकाे छ ।

यता, सप्तरी प्रहरीका प्रवक्त प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले घटनातर्फ प्रहरी टोली खटाइएको बताउनु भएकाे छ। 

यसअघि गत मंसिर ८ गते सोही गाउँपालिका वडा नम्वर ६ खुदिबखारीमा ८१ वर्षीय वृद्धको पनि घाँटी रेटि हत्या भएको थियो । सो घटना रहस्यमै रहेको अवस्थामा अर्को पनि सोही प्रकृतिको घटना हुनुले स्थानीय त्रसित बनेका छन् ।घटनाबारे अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।