धरान / नेकपा एमाले धरान उपमहानगर कमिटीको अध्यक्षमा हर्कजंग एभेङलाई निरन्तरता दिने निर्णय गरेको छ ।  जिल्ला कमिटीले विवाद समाधान गर्न गठित कार्यदलले एभेङलाई अध्यक्षमानिरन्तरता दिएर अर्का समानान्तर कमिटीका अध्यक्ष नारायण सुवेदीलाई जिल्ला सदस्य बनाएर धरान उपमहानगर किमिटीको इञ्चार्ज बनाउने पनि निर्णय गरेको छ । 

यस अघिका दुर्व कमिटीका उपाध्यक्ष सविता राई र राजमणी निरौलालाई जिल्ला कमिटीमा मनोनित गर्ने निर्णय कार्यदलले गरेको छ । उपाध्यक्ष पदमा भने पारस काङमाङलाई बनाउने निर्णय गरिएको कार्यदलका संयोजकसमेत रहेका एमाले जिल्ला अध्यक्ष खेमराज पोख्रेलले जानकारी दिनु भयो । यस अघि काङमाङ समानन्तर कमिटीका सचिव रहनु भएको थियो । 

 सचिवमा पनि एभेङ टिमकै सुदेश चापगाईलाई नै निरन्तरता दिने निर्णय गरेको छ । उपसचिव पदमा भने निर्ण गरेको छैन् । नगरलाई नै मिलाउन जिममेवारी दिइएको बताइएको छ ।  गत कार्तिक ९ गते धरानमा विवाद नमिले पछि एमालेको नगर अधिवेशन दुई पक्षले अलग अलग गरेका थिए ।