मोरङ / मोरङको सुन्दरहरैचा नगरपालिका भित्रका प्रमुख चौकहरुमा अत्याधुनिक सुबिधा सप्पन्न साबर्जनिक शाैचालय निर्माणका गरिने भएकाे छ । सोमबार श्रीपन्चमीको अवस्वर पारेर सुन्दरहरैचा उद्योग बाणिज्य संघको आयोजनामा  नगरपालिका भित्रका सहर तथा चौकहरु बिराट्चौक,खोर्साने,हरैचा,सलकपुर,गोठगाउ,गछिया, बलियामा शाैचालयकाे शिलान्यास गरिएकाे छ । कार्यक्रमको प्रमुख अतिथि मोरङ क्षेत्र ३ प्रतिनिधि सभाका माननीय भानुभक्त ढकाल रहेका थिए ।

साढे छ करोडको निर्माण लागत लाग्ने अढाई तले भवनहरुको  नगरपालिकाबाट ३५ प्रतिशत ,उधोगी ब्यापारीबाट पैतिस प्रतिसत र जन सहयोगबाट तीस प्रतिसत रकम जुटाइने उधोग बाणिज्य संघका अध्यक्ष नबराज चापागाईंले बताए । देशकै नमुनाको रुपमा निर्माण हुने सार्वजनिक शाैचालयमा पिउने पानी,नुहाउने ब्याबस्था ,सार्बजनिक पुस्तकालय ,तौल नाप्नेलगायतका सेबा प्रदान गरिने र सेवाअनुसारको शुल्क तिरेपछी आफै ढोकाखोलिने ब्यबस्था हुने अध्यक्ष चापागाईंले बताए । कार्यक्रममा प्रदेश सभा सदस्य राजकुमार ओझा ,लोकप्रसाद सङरौला, सुन्दरहरैचा मेयर शिबप्रसाद ढकाल उपमेयर धना तामाङलगायत  स्थानीय संघ सस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेकाे थियाे ।