धरान  / प्रेस चौतारी नेपाल सुनसरीको जिल्ला अधिवेशन यही पुस भित्र इटहरीमा गर्ने भएको छ । शुक्रबार धरामा बसेको कार्यसमितिको बैठकले अधिवेशन सम्पन्न गर्न शेखर ढकालको संयोजकत्वमा ३५ सदस्यीय आयोजक कमिटी समेत गठन गरेकको छ । 

जिल्ला अध्यक्ष ढकालको अध्यक्षता तथा केन्द्रीय उपाध्यक्ष लिलाराज भट्टराईको उपस्थितिमा भएको बैठकले  शुभद्रा प्याकुरेलको संयोजकत्वमा आर्थिक व्यवस्थापन उपसमिति, विकाश राईको संयोजकत्वमा कार्यक्रम व्यवस्थापन उप समिति र दिनेश गजमेरको संयोजकत्वमा सदस्यता विस्तार उपसमिति गठन गरिएको छ ।

बैठकले संगठन विस्तार, सुदृढिकरण र सदस्यता वितरणलगायत कामलाई तिव्रता दिने पनि निर्णय गरेको अध्यक्ष ढकालले जानकारी दिनु भयो । बैठकले गोपाल सृर्जनशिल प्रेस चौतारी पत्रकारिता पुरस्कार वितरणका लागि छनौट समिति समेत गठन गरेको छ । संगठनका केन्द्रीय उपाध्यक्ष लिलाराज भट्टराई, केन्द्रीय सदस्य देवेन्द्र कार्की, प्रदेश सदस्य रोहित राई र सुकदेव चौधरीलाई अधिवेशन अगावै छनौट गर्न जिम्मेवारी दिएको छ । ब्लाष्ट टाइम्स दैनिकका सम्पादक किशोरकुमार कार्कीले स्थापना गरि दिनु भएको पुरस्कार चौतारीले प्रत्येक बर्ष सुनसरीका दुई जना क्रियाशिल पत्रकारहरुलाई वितरण गदैं आएको छ । 

बैठकमा नेकपा एमाले केद्रीय सदस्य मञ्जु भण्डारी, नेकपा एमाले प्रदेश १ प्रचार विभाग प्रमुख मुरारी सुवेदी, जिल्ला प्रचार विभाग प्रमुख रवि खनाललगायतको उपस्थिति रहेको थियो ।