धरान / धरान उपमहानगरापालिका वडा नं. १५ स्थित आधारभूत स्वास्थ्य केन्द्रमा कोभिड–१९ विरुद्धको खोप लगाउनेको भीड बढेको छ । शुक्रबार चाइनिज भेरोशिल खोप ११५० जनाले लगाएका थिए । विहानदेखि बेलुकासम्म भीड लागेको थियो । १८ बर्षमाथिका सबै नागरिकलाई खोप वितरण गरिएको १५ नं. का वडाध्यक्ष नरेश इवारामले जानकारी दिनु भयो ।

भेरोशिलको पहिलो डोज र दोश्रो डोज लगाउन छुटेका केही नागरिकलाई खोप लगाइएको आधारभूत स्वास्थ्य केन्द्रका प्रमुख सिअहेव रत्न श्रेष्ठले जानकारी दिनु भयो । चाढै अमेरिकन र रसियन खोप आउन लगोको उहाँले बताउनु भयो । यो हप्ता भित्रै ६ बर्षदेखि माथिका बालबालिकाहरुलाई खोप लगाउने उहाँले बताउनु भयो । 

No description available.