धरान  / धरान प्रज्ञा प्रतिष्ठानले धरानका वरिष्ठ अग्रज साहित्यकार सरणकुमार राईलाई अभिनन्दन गर्नुका साथै पाँच जना विभिन्न सिर्जना क्षेत्रका अग्रजहरुलाई सम्मान गरेको छ ।  

धरान सभागृहमा सम्पन्न अग्रज स्रष्टा अभिनन्दन तथा कार्यक्रम–२०७८ सम्मानित हुनेहरुमा धरान अग्रज साहित्यकार गिरिराज आचार्य, अग्रज चित्रकार गोपाल शाक्य, अग्रज गायक गंगा बरदान, अग्रज रङ्गकर्मी प्रेम सुब्बा र नृत्यकार नगेन्द्र राई रहनु भएको छ । 

सम्मानित अग्रज व्यक्तित्वहरुलाई नगद जही  २० हजार प्रदान गरिएको छ । वरिष्ठ साहित्यकार सरणकुमार राईलाई भने दोसल्ला ओढाई सम्मान गरिएको छ । कार्यक्रममा प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित स्थानीय युवा कवि धनचन्द्र राईको कविता सङ्ग्रह कचहरीको विमोचन पनि गरिएको छ ।  

कचहरीको विमोचन कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिकाका मेयर तिलक राई, विशेष अतिथि उपमेयर मञ्जु भण्डारी, प्रतिष्ठान संयोजक अम्बिकाकमुार सम्बाहाम्फे, बरिष्ठ साहित्यकार बम देवान र प्राज्ञ प्राडा गोपाल भण्डारीले संयुक्त रुपमा गर्नुभएको थियो । 

विमाचित कृतिका स्रष्टा युवाकवि राई सङ्ग्रहमा भएको आफ्नो कविता कचहरीको पाठ गर्नुभयो भने सङ्ग्रहबारे अग्रज साहित्यकार देवानले सटिक समीक्षा गर्नुभएको थियो ।