धरान / धरान उपमहानगरपालिकाले वडा नं २० लाई ‘पर्यटन गाउँ’ छनौट गरे पनि त्यसको विकास र प्रवद्धनका लागि खासै कार्यक्रम ल्याउन सकेन । धरान –२० नं. वडामा प्रसिद्ध धार्मिक स्थल विष्णुपादुका, कोकाह, चिण्डे डाँडा, ऐतिहासिक स्थल साँगुरीगढी, सुलिकोटलगायतका रमणियस्थल रहेका छन् । ति स्थलको प्रवद्धनका लागि उपमहानगरपालिकाको कुनै विशेष योजना भने छैनन् । उक्त वडाका पर्यटन विकासका लागि प्रदेश तथा संघसँग कुनै योजनाहरुका लागि प्रस्ताव  गरिएकाे छैन् । 

गत २०७७ पुस ९ गते कार्यापालिका बैठकले विष्णुपादुकालाई पर्यटन गाउँको रुपमा थप विकास गर्न ‘पर्यटन गाउँ’ छनौट गरेको थियो । छनौट भए पछि खासै नयाँ योजना वडामा केही पनि नआएको वडा अध्यक्ष मनीराम राईले बताउनु भयो । विशेष केही योजनाहरु छैनन् । अन्य वडाको जस्तै सामान्य कार्यक्रमहरु रहेका छन् ।’–अध्यक्ष राईले भन्नु भयो ।  

क्यानोनिङ, पद मार्ग, प्याराग्लाइडिङ, साइकिलिङलगायतको सम्भावना भएको विष्णुपा दुकालाई थप विकास गरि पर्यटकीय हव बनाउन उपमहानगरपालिका कार्यपालिका बैठकले पर्यटन गाउँ छनौट गरेको थियो । तर घोषणा अनुसार कुनै उल्लेखीय काम नभएको वडावासी बताउछन् । 

२०५२ सालमा तत्कालिन प्रधानमन्त्री मनमोहन अधिकारीले शिलान्यास गरेको धरानको मंगलबारे देखि विष्णुपादुका मन्दिरसम्मको करिव ६ किमी सडक हालसम्म पिच हुन सकेको छैन् । केही बर्ष अघि ग्रावेल भए पनि बर्षायाममा हिलो र हिउँदमा धुलोले त्यहाँ जाने पर्यटकहरु सास्ती खेप्दैं आएका छन् । प्रदेश सरकारले यो आर्थिक बर्षमा  ३० लाख बजेट छुटाएको भए पनि उक्त बजेटले पुरै सडक पिच सम्भव नहुने अध्यक्ष राई बताउँनु हुन्छ । गत बर्ष प्रदेश सरकारले सडक निर्माणका लागि ७६ लाखबजेट दिएको भए पनि सडक बनाउन ठेक्का पाएको खिम्दुङ कन्स्ट्रसन प्रालिले काम नगरेर बजेट फ्रिज भएको अध्यक्ष राईले बताउनु भयो । 

स्कन्धपुराणको हिमवत खण्डमा उल्लेख भए अनुसार सुनसरीको धरान २० स्थित विष्णुपादुका पितृ श्राद्धका लागि पवित्र स्थल मानिन्छ । तर, व्यवस्थितरुपमा सेवा, सुविधा नहुने र जाने सडक अप्ठ्यारो भएका कारण भक्तजहरुसास्ती भोग्दैं आएका छन् ।

पौषे औशीको दिन यहाँ भारत, भुटान तथा नेपालको विभिन्न स्थानबाट भक्तजनहरु ऋाउने गर्दछन् । सबै आन्तरिक तथा बाह्य पर्यटकहरुको घुइचो हुने क्षेत्र पुग्ने सडक भने सजिलो छैन् । उपमहानगरपालिकाले सडक बनाउनका लागि प्रयाप्त बजेट छुट्याउन सकेको छैन् । त्यसो त विष्णुपादुकामा ऐतिहासिक गढी साँगुरीगढी, सुलिकोट, कोका नदिलगायतका दर्जनौ ऐहिासिक तथा पुरातात्विक महत्वको क्षेत्र छन् । उपमहानगरपालिकाले ती क्षेत्रको पूर्वाधार निर्माण, संरक्षण र प्रवद्धनका लागि भनेर विशेष योजनाका लागि ‘पर्यटन गाउँ’ घोषणा गरे पनि ती क्षेत्रको संरक्षणका लागि खासै काम हुन सकेको छैन् । 

२० नं. वडा विष्णुपादुका ऐतिहासिक, साँस्कृतिक महत्वका स्थलहरुको थप संरक्षण, प्रर्वद्धनका लागि भनेर ‘पर्यटन गाउँ’ उपमहानगरले घोषणा गरेको धरान उपमहानगरपालिकाका सूचना तथा पर्यटन महाशाखाका प्रमुख खगेन्द्रप्रसाद खतिवडाले बताउन ुभयो । घोषणा लगतै कोभिड महामारी शुरु भएकाले कार्ययोजना बनाएर काम गर्न नसकिएको उहाँले बताउनु भयो । अव तत्काल बैठक बसी स्थलगत अवलोकन गरि पूर्वाधार विकास र प्रवद्धनका लागि कार्ययोजना बनाइने खतिवडाले बताउनु भयो ।  

के छ विष्णुपादुका गाउँमा 

विष्णुपादुका धरानको २० नं. वडामा पर्छ । यहाँ बेसार, अदुवाको खेति हुने गरेको छ । धरानको कृषी पकेट क्षेत्र पर्ने विष्णुपादुका धार्मिक क्षेत्रमा प्रसिद्ध छ । विष्णुपादुका मन्दिरमा देशका विभिन्न जिल्ला र भारतबाट समेत पितृ श्राद्धका लागि भक्तजनहरु आउने गर्दछन्। धरान देखि ४ किलोमिटर उत्तर पश्चिममा कोकाहा नदीको किनारमा रहेको विष्णुपादुका मन्दिरको महत्वलाई स्कन्धपुराणको हिमवत खण्डमा नै कोकाह नदीमा नुहाएर विष्णको पाउँ रहेको विष्णुपादुकामा श्राद्ध गरे पितृहरुले मोक्ष पाउने बताइन्छ । 

हिन्दुधर्मावलम्बीहरु पितृ श्राद्धको लागि नेपालबाट पनि भारतको गया, बद्रीनाथतिर जाने गर्थे, पछिल्लो कालमा भने भारततिरबाट पनि तीर्थालुहरु विष्णुपादुका मन्दिरमा आउने गरेका छन् । पौराणिक रुपमा यो मन्दिरको महत्व धेरै भए पनि प्रचारप्रसार खासै हुन सकेको छै् । पछिल्लो समय धरान उपमहानगरपालिका धार्मिक पर्यटनलाई चासो दिदै विष्णुपादुका क्षेत्रमा होमस्टे संचालन गरेको छ । 

यहाँ ऐहिासिक स्थल सुलिकोट रहेको छ । सेन बंशका सासन कालमा अपराधीलाई सुली चढाउने क्षेत्रकोरुपमा यो प्रख्यात छ । विष्णुपादुकाको शिरमा सिद्ध पोखरी छ । ४०/५० बर्ष अगाडीभारतबाट योगीहरु आएर ठूलो होमादी गरेर बसेको स्थानीय बताउछन् । ऋषिमुनीहरुले टेकेका स्थानको रुपमा प्रख्यात छ । विष्णुपादुकाका पश्चिम क्षेत्र कोल्टाङमा क्यानोनिका लागि  उपयुक्त  गिद्धेभीर रहेको छ । धनकुटासँग जोडिएको भुल्के पनि यहाँको प्रसिद्ध धार्मिक स्थल हो । कातिृक पूर्णिमामा लाग्ने बराहक्षेत्र मेलामा जाने भक्तजनहरु इस भुल्केमा नहाए मात्र जाने गर्दछन् । माथिल्लो भेगमा लाली गुराँश पाइन्छ । भूतपूर्व  सैनिकहरुले बनाएको माछामारास्थित गोर्खापार्क यहाँको आकर्षणको केन्द्र हो । 

यहाँ चिण्डेडाँडाबाट पाराग्लाइडिङ पनि गर्न सकिन्छ । धरानको विजयपुर, विष्णुपादुका, बराहक्षेत्र र धनकुटाको छिन्ताङ देवि भएर  धार्मिक सर्किट बनाउने तयारी भइरहेको अध्यक्ष राईले जानकारी दिदिनु भयो । धरान उपमहानगरपालिका, बराह क्षेत्र नगरपालिका र शहिदभूमी गाउँपालिका र साँगुरीगढी गाउँपालिकाको सहकार्यमा सर्किट बनाइने वडाध्यक्ष राईले बताउनु भयो ।