धरान  / नेपाली सांगीतिक जगतमा छुट्टै आफ्नो पहिचान बनाउन सफल गायक, गीतकार तथा संगीतकार प्रमोद पोर्तेलले 'कोल्टे जिन्दगी' लिएर आउनु भएको छ । 

धरानस्थित बाराह शपिङ कम्प्लेक्सको सभाहलमा एक कार्यक्रम गरी रिलिज गरिएको छ ।  आप्पा चलचित्रका निर्माता, निर्देशक, गायक अनमोल गुरुङले सो म्युजिक भिडियो सार्वजानिक गर्नु भएको छ । 

संगीत तथा रचना आफ्नै रहेको सो गीतमा पोर्तेलको आफ्नै स्वर रहेको छ । म्युजिक एरेन्ज सरोज वि.क.को रहेको उक्त गीत ग्रेस स्टुडियोमा रेकर्ड गरिएको छ । यसै गरि अडियो मिक्सिङ रबिन क्षत्रीको रहेको छ। प्रमोद पोर्तेल अफिसियल युटुब च्यानल मार्फत सार्वजानिक गरिएको सो म्युजिक भिडियो सुल्तान फिल्म प्रोडक्सन युकेको पोष्ट प्रोडक्शनमा तयार गरिएको छ । सुल्तान ईदिङ्गोको निर्देशन तथा सम्पानद रहेको उक्त म्युजिक भिडियोमा गायक आफै र मोडल प्रज्ञा भण्डारीको अभिनय देख्न सकिन्छ।

दुई बर्ष अगाडि नै निर्माण भएको र लकडाउनको कारण रिलिज हुन नसेको भिडियोमा जीवनमा आईपर्ने विभिन्न अवसर र चुनौतीहरुलाई अंगालेर अगाडी बड्नुनै गीतको साराश रहेको साथै एक अर्काको प्रेम सम्बन्धमा रहेका अहिलेका पुस्ताका युवायुवतीहरुको प्रेम को बिषयलाई गीतमा प्रस्तुत गरिएकोछ। टेकेन्द्र जंग माझीको सिनेमेट्रोग्राफिमा तयारि गरिएको सो म्युजिक भिडियोमा एडि राज प्रोडक्शन मेनेजर रहनु भएको छ । कार्यक्रम चलचित्र पत्रकार संघ नेपाल सुनसरीको आयोजनामा प्रमुख अतिथी गायक अनमोल गुरुङ , जुदाह प्लाउज ब्याण्डका दानीएल गदालको बिशेष आतिथ्यमा र कान्तिपुर एफ.एम. की आरजे महिमा पन्दी भट्टराईले संचालन गरेको म्युजिक भिडियो रिलिज कार्यक्रममा बराह ग्रुपका पब्लिक रिलेशन अफिसर , सुरेन्द्र सिं बिश्वकमाृ , बिजयपुर मिडिया ग्रुपकी अध्यक्ष हिमाल राई, गीतकार तथा समाजसेवि मिना सिङ्गकलगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो।

 यात्राको दौरानमा पोर्तेलले पहिलो एल्वम ‘पहिचान’ २०७१ मा रिलिज गर्नु भएको थियो । एल्वमलाई धरान संगीत प्रतिष्ठानले एक कार्यक्रम गरी विमोचन गरेको थियो । दोस्रो एल्वम “माया हो” पनि सफल बनेको थियो ।  ‘माया हो’मा समाबेश अर्को गीत ‘फर्की आउछु ‘ बिदेश गएका एक युवाको पारिवारिक कथा बोलेको छ । यो गीतले वर्ल्ड नेपाली म्युजिक अवार्ड २०१९ मा उत्कृष्ट पप गीतको अवार्ड हात पार्न सफल भएको थियो । सोही गीतमा चर्चित नायिका केकी अधिकारीसहित गायक स्वयंम ले अभिनय गर्नु भएको छ ।