विराटनगर / माओवादी केन्द्र प्रदेश १ समिति अध्यक्षमा पाँचथरका हर्कबहादुर नेम्बाङ (मिक्सो) विजयी हुनु भएको छ । बुधबार राती सम्पन्न निर्वाचनको आज बिहान मतपरिणाम घोषणा भए अनुसार  धरानका मुक्साहाङ मेन्याङबोलाई पराजित गर्दै नेम्वाङ १६९ मत पाएर अध्यक्षमा विजय िहुनु भएको हो । प्रतिस्पर्धी मेन्याङबोले ६४ मतमात्र प्राप्त गरे । 

आठ जना उम्मेद्वारले प्रतिस्पर्धा गरेको तीन उपाध्यक्षमा शिबकुमार डाँगी, मणिकुमार साम्पांङग र देवान चामलिङग निर्वाचित हुनु भएको छ । दुई जनाले प्रतिस्पर्धा गरेको सचिव पदमा गणेश उप्रेती विजयी हुनु भयो ।  तेह्र जनाले प्रतिस्पर्धा गरेको सहसचिव पदमा कुमारी राई, ऋषिराम ढुंगाना र सागर किराती विजयी हुनु भएको छ ।   कोषाध्यक्ष पदमा रेवतिराज पुरी निर्वाचित हुनु भयो । 

कार्यसमितिमा सर्वसम्मत चयन भएका एक सय ५९ जना सदस्य मतदातामध्ये जम्मा १ सय ४० जनाले मतदान गर्नु भएको थियो ।  ।  नौ जना पदाधिकारीका लागि २९ जनाको उम्मेद्वारी परेको थियो ।