धरान / यहाँको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका आन्दोलनकारीविरुद्ध अदालतको अवहेलना मुद्दा दायर भई कारण देखाउ आदेश जारी भएको छ । 

 अदालतको अपहेलना गरेको भन्दै नवराज विष्टले संयुक्त संघर्ष समितिका संयोजक डा.सूर्यप्रसाद रिमालर्(एसपी)सहित आन्दोलनकारीहरुलाई विपक्षी बनाउदै सर्वोच्च अदालतमा मुद्दा परे पछि मुद्दाको सुनुवाई गर्दै बुधबार सर्वोच्चले विपक्षीहरुलाई लिखित जवाफसहित उपस्थित हुन आदेश दिएको छ । 

 सर्वोच्चका न्यायाधिश तेजबहादुर केसीको एकल इजलाशले बुधबार दिएको आदेशमा निवेदकको माग वमोजिम आदेश जारी हुनु नपर्ने कुनै आधार र कारण भए सवुद प्रमाणसहित म्याद सुचना पाएको मितिले बाटोको म्याद बाहेक ७ दिनभित्र लिखित जवाफसहित आफै उपस्थित हुन भनिएको छ । 

  निवेदककोतर्फबाट अधिवक्त रेणुकादेवी सिटौलाले बहस गरेपछि न्यायधिश केसीको इजलाशले आदेश जारी गरेको हो । 

यसअघि निवेदक विष्टले नै सर्वोच्चमा बिपी प्रतिष्ठानमा भएको तालाबन्दी खुलाउन माग गर्दै रिट दायर गर्नु भएको थियो । उक्त रिटमाथि पनि सुनुवाई गर्दै सर्वोच्चले ताला खुलाउन र अस्पताल जस्तो अत्यावश्यक संस्थामा धर्ना, हडताललगायत नगर्न पनि आदेश दिएको थियो । 

आदेश कार्यान्वयन गराउने क्रममा प्रहरीले ताला खोले पछि पदाधिकारीहरुलाई कुर्सीमाबस्न अवरोध गदैं आएका थिए । हालसम्म पदाधिकारी आफ्नो कार्यकक्षमा बसेर काम गर्न पाएका छैनन् ।   यता सयुक्त संघष समितिका संयोजक एसपी रिमालले पदाधिकारीहरुले कुर्सीमा बस्ने नैतिकता गुमाएकाले नवस्न अनुरोध गरिएको बताउनु भएको छ ।