विराटनगर / प्रदेश नम्बर १ का मुख्यमन्त्री माननीय राजेन्द्रकुमार राईलाई प्रदेश नं १ सरकारको न्यूनतम साझा कार्यक्रमका लागि गठित ५ दलीय न्यूनतम साझा कार्यक्रम तयारी कार्यदलले आज कार्यक्रमको मस्यौदा बुझाएको छ ।

समितिका संयोजक प्रदेश सांसद शेखरचन्द्र थापाले मुख्यमन्त्रीको कार्यकक्षमा मस्यौदा बुझाउनु भएको हो । उक्त कार्यदलमा प्रदेश सांसदहरू राजन राई, धीरेन्द्र शर्मा, रामचन्द्र लिम्बू, अशोक चेम्जोङ्ग सदस्य रहनुभएको छ । त्यस्तै प्रदेश योजना आयोगका पूर्वसदस्य डा पूर्ण लोक्सोम कार्यदलको सदस्य सचिव हुनुहुन्छ । कार्यदलका तर्फबाट मस्यौदा ग्रहण गर्दै प्रदेश नं १ मुख्यमन्त्री माननीय राजेन्द्रकुमार राईले सरकारको न्यूनतम साझा कार्यक्रम पौष ९ गते शुक्रबार सार्वजनिक गर्ने तयारी रहेको जानकारी दिनुभएको छ । 

कार्यदलले पेस गरेको मस्यौदामा कोभिड–१९ को खोप लगाउन बाँआगामी चैत भित्र निशुल्क लगाई सक्ने व्यवस्थापन गर्ने जनाएको छ । यस्तै प्रदेश १ को नामकमरणलाई उच्च प्राथमिकतामा राखेको छ ।