धरान / धरानमा नेपाली साहित्यमा हास्य व्यङ्ग्य विषयक साहित्यिक विमर्श गरिएको छ । प्राडा टंकप्रसाद न्यौपाने अध्ययन अनुसन्धान केन्द्र एंव भयवाद अध्ययन केन्द्र धरानको आयोजनामा सोमबार विमर्श गरिएको हो ।

कार्यक्रममा भारतको सिलिगुडीमा रहेर नेपाली साहित्यमा महत्वपूर्ण योगदान पुर्याउदैं आउनु भएका बरिष्ठ साहित्यकार कृृष्ण प्रधानको प्रमुख आतिथ्यता रहेको थियो । उहाँले नेपाली साहित्यमा हास्य व्यङ्ग्य विधाको अवस्था र आवश्यकतामाथि प्रकास पार्नु भएको थियो । करिव ५ वटा भन्दा बढी हास्य व्यङ्ग्य साहित्यमा मात्रै पुस्तक निकालिसक्नु भएका प्रधानले हास्य व्यङ्ग्य विधामा लेखनी कार्य गर्दा आइपर्ने समस्याको भोगाई पनि उल्लेख गर्नु भएको थियो । 

तत्कालिन मुख्यमन्त्री सुवास घिसिङले ‘अपहरण भएको गित’ पुस्तक ७५ हजारमा सबै किनि दिएरको अनुभव सुनाउनु भयो । लेखनमा निरुत्साही सत्ता पक्षले नै गरे पनि उहाँले कहित्यै लेख्न नछाडेको बताउनु भयो । करिव १ घण्टा उहाँले नेपाली साहित्यमा हास्य व्यङ्ग्यको उपस्थितिबारे उजागार गर्नु भएको थियो । कार्यक्रममा 'देवान जाति, संस्कार र भाषा: व्याकरण र शब्द भण्डार' ग्रन्थका लेखक उपप्रध्यापक गोपीकृष्ण खतिवडाले पनि आफ्नो लेखन अनुभव सुनाउनु भएको थियो । अमेरिकामा रहनु भएका प्राडा टंकप्रसाद न्यौपानेले समेत अनलाइन मार्फत आफ्नो मन्तव्य राख्नु भयो । यसै गरि प्राडा गोपाल भण्डारीले पनि आफ्नो अनुभव सुनाउनु भयो । 

डा. रमेश घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा व्यङ्ग्यकार, कवि, समालोचक तथा पत्रकारितामा पनि उतिकै पोख्त सर्जक कृष्ण प्रधानलाई सम्मान गरिएको थियो । उहाँलाई डा. घिमिरे, १४ नं. वडाका वडाध्यक्ष कृष्णप्रसाद भट्टराई, प्राडा गोपाल भण्डारीलगायतले सम्मान गर्नु भएको थियो । भारतमा नेपाली भाषामा बेजोड व्यङ्ग्य साहित्यामा कलम चलाउने उहाँ पहिलो साहित्यकार हो । उहाँले विभिन्न विधामा हालसम्म ३१ वटा पुस्तक लेखि सक्नु भएको छ । 

केन्द्रले कला साहित्यमा निरनतर लागेका समाजसेवी र लेखकहरुलाई कदरसमेत गरेको थियो ।  गणेश देवान, जंग देवान, गोपीकृष्ण खतिवडा, मनप्रसाद देवान, होम देवान र रमला राईलाई आयोजकले कदर पत्र प्रदान गरेको छ ।