धरान । प्रकृति पुजक किराँत समुदायको महत्वपूर्ण पर्व उधौली, मौलिक संस्कार सँस्कृति सम्पन्न नेवार समुदायको योमरी पूर्णिमा (योमरी पुन्हि), धान्य पूर्णिमा लिम्बु समुदायको चासोक तङ्नामको अवसरमा प्रदेश १ का सभामुख प्रदिपकुमार भण्डारीले शुभाकामना दिनु भएकाे छ 

रीतिथिति, संस्कार र सँस्कृतिको निरन्तरताको रुपमा हामीले मनाउदै आएका चाडपर्वहरुले आ–आफ्नो पहिचान दिलाउने र अस्तित्व जोगाउदै पारिवारिक, सामुदायिक र सामाजिक एकता कायम राख्न महत्वपूर्ण योगदान पु¥याउदै आएको उहाँले बताउनु भयाे । 'जातीय, धार्मिक, भाषिक, सांस्कृतिक विविधतायुक्त नेपाली समाजमा विभिन्न जातजाती तथा समुदायले मनाउदै आएका चाडपर्वहरुले हाम्रो साँस्कृतिक, जातीय एवंम् भाषिक विविधतालाई आपसमा गाँसेर आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गराउदै राष्ट्रि«य एकता, साझा नेपाली पहिचानलाई थप सुदृढ बनाउन मद्दत पुग्ने विश्वास लिएको छु ।'-उहाँले जारी गरिएकाे विज्ञप्तिमा भनिएकाे छ ।

मौलिक चाडपर्वहरुले सँस्कार, सँस्कृतिहरुको संरक्षण, सम्बद्र्धन गर्दै सम्पूर्ण नेपाली जातजातीबीत आपसी एकता, सद्भाव, सहकार्य, सहिष्णुता ता भातृत्व अभिवृद्धि गरी देशको समृद्धि एवंम् विकासको लक्ष्य प्राप्तिका निमित्त अग्रसर हुन उहाँँले आग्रह गर्नु भएकाे छ ।