धरान  / लामो समयको अन्तरालमा संगीतको क्रेजी शहरको रुपमा परिचित धरानमा आज साँझ  ‘टुबोर्ग मेगा लाइभ कन्सर्ट’को आयोजना हुँदैछ।  

 चर्चित ब्याण्ड रबिन एण्ड द न्यु रेभुलेसन ब्याण्ड संगै धरानको हिना मल्ल ,दिपिका बस्नेत र फ्री बर्ड्स लगायतको प्रस्तुति रहनेछ।  

     रबिन एण्ड द न्यु रेभुलेसन ब्याण्डका मुख्य गायक रबिन तामाङसंगै प्रविन दास श्रेष्ठ , हरिकृष्ण महर्जन , विजय बिश्वकर्मा लगायतका अन्य ब्याण्ड सदस्यहरु  ‘टुबोर्ग मेगा लाइभ कन्सर्ट’ूका लागि धरान आइपुग्नु भएको छ ।  बिभिन्न  नेपाली चलचित्रमा अभिनय समेत गरेको तामाङको केटा केटी , दम मरो दम ,चिसो चिसो हावामा ,आधुनिक आँगनमा ,म मौनतामा , भेटे मैले शिवजी , जति माया लाए पनि लगायतका गीतहरु चर्चित छन्।  चार बर्ष अघि न्यु यर इभ कन्सर्टमा धरान आउनु भएका गायक रबिन तामाङ धरानको प्रत्येक कन्सर्ट बिशेष लाग्ने बताउंदै उहाँ भन्नु हुन्छ–‘लामो ग्यापमा हुने कार्यक्रममा आइरहेको छु ,सम्पूर्ण धरान र यस वरपरका दर्शकहरुलाई कन्सर्टमा आएर रमाइलो गर्न संगीतमा रमाउन अनुरोध गर्दछु।’

उहाँहरु शुक्रबार नै धरान आइपुग्नु भएको छ । साँझ पाँच बजे धरानको पब्लिक खेलमैदानमा प्रस्तुती हुने आयोजकले जनाएको छ । 

 टुबोर्गको प्रस्तुति तथा  सिल्भर इन्टरटेनमेन्टको आयोजनामा धरानको पब्लिक हाईस्कुलको मैदानमा आयोजना  हुन लागेको कन्सर्टको लागि सम्पूर्ण तयारी सकिएको सिल्भर इन्टरटोमेन्टका प्रवन्ध निर्देशक शौरव श्रेष्ठले जानकारी दिनु भयो ।  गोर्खा ब्रुअरीको मुख्य प्रयोजन डिभाईन वाइन प्रिमियम, रेडब्लु इनर्जी ड्रिंक, जल पाइप्सको सह प्रायोजन, ब्ल्याकपिग इन्टरटेनमेन्ट , एसपी इभेन्ट्स एंड इन्टरटेनमेन्ट ,एनएचडीडी स्टुडियो र हंगकंग खबर डट कमको बिशेष सहयोग र हाङ्कुक सारंग रेस्टुरेन्ट , भिन्टेज फेमेली रिसोर्ट , डी मांडू ज्वाईखाना र फ्रेन्ड्स गार्डेनको सहयोगमा हुन लागेको कन्सर्टको साउण्ड र लाइट सुन्दर साउण्ड सर्भिस ,धरानको रहेको छ।     

टुबोर्गको प्रस्तुति र सिल्भर इन्टरटेनमेन्टको आयोजनामा यस अघि धरानमा  टुबोर्ग  मेगा लाइभ कन्सर्ट २०१७ , धरान  र पथरीमा टुबोर्ग  मेगा लाइभ कन्सर्ट २०१८ आयोजना भईसकेको छ। मेगा लाइभ कन्सर्टको यो तेस्रो संस्करण हो।