धरान / भेनाजुको हत्या गरेको आरोपमा इटहरीका १९ बर्षीय एक युवकलाई प्रहरीले पक्राउ गरेकोे छ । भोजपुरको हतुवागढी ४ घर भई हाल इटहरी – ४ मा दिदि भिनाजुसँग बस्दै आएका अर्जुन राईलाईलाई प्रहरीले पक्राउ गरेको हो ।

मंसिर २८ गत दिदि जसकुमारी राईसँग घरायसी कुरामा वादबिवाद हुदैं गर्दा ५० बर्षीय भिनाजु मुरारी गिरीलाई किचेनमा प्रयोग गरिने छुरी प्रयोग गरि गम्भीर घाइते बनाएका थिए । छातीमा छुरी प्रहार गरेक ागिरीलाई विराटनगरको नोवेल अस्पताल लगिएको थियो । उपचारकोक्रममा साँझ उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

अर्जुनलाई बुधबार नै जिल्ला अदालत सुनसरीमा ७ दिनको म्याद थप गरि अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता डिएसपी नरेन्द्र कार्कीले जानकारी दिनु भयो ।

अर्जन मानसिक अवस्था असन्तुलित भएका कारण उपचार गराइरहेको बताइएको छ ।