धरान / धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अत्याधुनिक नयाँ प्रविधीको सि.टी स्क्यान मेसिन जडान गरेको छ ।
२५६ स्लाइस क्षमताको मेसिन बुधबारदेखि सञ्चालनमा ल्याइएको हो । यस अघि प्रतिष्ठानमा भएको मेसिन पुराना भउका कारण विग्रिएर स्क्यानका सेवा लिन अन्यत्र जानु पर्नेअवस्था थियो । मेसि जडान भए पछि विरामीलाई सहज हुने प्रतिष्ठानका सहप्रवक्ता डा. चुरामणी पोखरेलले जानकारी दिनु भयो ।
गत असार १६ गतेदेखि पदाधिकारीहरुको कार्यकक्षमा यहीका शिक्षक, चिकित्सकहरुले तालावन्दी गरे पछि यस्ता कामहरु अडकिएर र मंसिर २१ को सर्वाच्च अदालतको आदेश पछि तालावन्दी खोले पछि मेसिन तथा पतिष्ठानलाई अत्यावश्यक सामान खरिद प्रक्रिया शुरु गरिएको सहप्रवक्ता पोखरेलले बताउनु भयो ।
२५६ स्लाइस क्षमताको मेसिन उपत्यका बाहिर नै पहिलो रहेको प्रतिष्ठानले दावी गरेको छ । उक्त मेसिनबाट दु्रत गतिमा स्क्यान गर्न सकिने हुंदा सि टी स्क्यान गर्दा विरामीमा पर्ने विकिरणिय जोखिम पहिलेको मेसिनको तुलनामा अत्यन्तै न्यून रहेको प्रतिष्ठानका अस्पताल निर्देशक प्राडा गौरीशंकर साहले बताउनु भयो । सुक्ष्म भन्दा सुक्ष्मरुपमा गहिराई सम्म स्क्यान गर्नसक्ने साथै स्यानको क्षमता अत्यन्तै गुणस्तिरिय रहेको हुंदा रोगको निदान गर्न निकै सहज हुने प्राविधिकहरुले बताएका छन् ।
नयां प्रविधिको र अत्याधुनिक भएकोले यस्लाई संचालन गर्ने विधिबारे रेडियोलोजी विभागका प्राविधिक कर्मचारीहरुलाई विज्ञबाट तालिम दिए सञ्चालनमा ल्याइएको अस्पतालले जनाएको छ । उक्त मेसिनबाट औसतमा दैनिक ४० जनाको भन्दा बढी विरामीहरुको सि टी स्क्यान गर्ने लक्ष्य रहेको छ । उपकुलपति डा. ज्ञानेन्दै गिरी धरान बाहिर भउकाकारण औपचारिक उद्घाटन भने पछि गरिने बताइएको छ ।
प्रतिष्ठानका सहप्रवक्ता डा. पोखरेलका अनुसार यस मेसिनबाट मुटु, ब्रेन, मृगौंला, हड्डीलगायतको स्क्यान गर्न सकिन्छ ।

CT Machine1