काठमाडौं नेकपाऔ)एमाले)ले नेताहरुलाई कायृविभाजन गरेको छ । केन्द्रीय कमिटीको दोस्रो बैठकले एमाले नेताहरुको कार्यविभाजन गरेको हो ।
अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेललाई पार्टीको समग्र जिम्मेवारी दिइएको छ। पार्टीले १० भाईलाई भने पाखा लगाएको छ । उनीहरुलाई राम्रो जिम्मृवार ओलीले दिनु भएन ।

 महत्वपूर्ण विभाग मानिने संगठन विभाग प्रमुखमा खगराज अधिकारीले पाउनु भएको छ । त्यस्तै अर्को महत्वपूर्ण विभाग स्कुलमा प्रदीप ज्ञवालीले पाउनु भयो । प्रचार विभाग पृथ्वीसुब्बा गुरुङले पाउनु भयो । योगेश भट्टराईले स्वास्थ्य तथा जनसंख्या विभागको जिम्मेवारी पाउनु भएको थियो । यस अघि उहाँ प्रचार विभागको जिम्मेवारीमा हुनु हुन्थ्यो ।
प्रदेश १ अध्यक्षको जिम्मेवारी भीम आचार्य मुख्यमन्त्री हुदा अर्थ मन्त्री भएका तुलसी न्यौपानेलाई दिइएको छ । प्रदेश १ इञ्चार्जमा देवराज घिमिरे आउनु भएको छ । सहइञ्चार्जमा हिक्मत कार्कीले पाउनु भएको छ । यस अघि इञ्चार्जमा भीम आचार्य र सहइञ्चार्जमा शेरधन राई हुनुहुन्थ्यो । 

प्रदेश २ मा रघुवीर महासेठ, वागमतीमा काशिनाथ अधिकारी, गण्डकीमा पद्मा अर्याल, लुम्बिनीमा छबिलाल विश्वकर्मा, कर्णालीमा यमलाल कँडेल र सुदूरपश्चिममा लेखराज भट्ट रहनु भएकाे छ । 

केपी ओली : समग्र पार्टी

इश्वर पाखरेल:  नीति अनुसन्धान प्रतिष्ठान

युवराज ज्ञवाली : स्थानीय तह प्रदेश र संघ

अष्टलक्ष्मी शाक्य : राजनीतिक समन्वय

रामबहादुर थापा बादल : राष्ट्रिय सुरक्षा

विष्णु पौडेल : पार्टी संगठन अनुगमन

सुवास नेम्वाङः ससदिय अनुगमन

सुरेन्द्र पाण्डेः राजकीय मामिलाको जिम्मेवारी

महासचिव : समग्र पार्टी

प्रदीप ज्ञवाली : स्कुल विभाग

पृथ्वीसुब्बा गुरुङ : प्रचार विभाग

विष्णु रिमालः आर्थिक लेखा लगायत

स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख : योगेश भट्टराई

कार्यालय सचिव : भीष्म अधिकारी

संगठन विभाग : खगराज अधिकारी