धरान /  धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको पदाधिकारीको कार्यकक्षमा लगाएको ताला प्रहरीको रोहवरमा फटाइएको छ ।
सर्वोच्च अदालतले मङ्सिर २१ गते ताला खोल्न दिएको अन्तरिम आदेशअनुरूप प्रतिष्ठानका चार पदाधिकारीको कार्यकक्षमा लगाएको ताला आइतबार ताडिएको हो । पदाधिकारीहरुको राजीनामा तथा प्रतिष्ठानको शुद्धिकरणको विषयलाई लिएर चिकित्सक, कर्मचारी र शिक्षकहरुको समुहले ६ महिना अघि ताला लगाइएको थियो । सरकारसँग पटक पटक वार्ता भए पनि तालाबन्दी भने जारी थियो ।
सर्वोच्चले अस्पतालजस्तो क्षेत्रमा हडताल तालाबन्दी नगर्नु भए ततकाल खुलाउनु भन्ने आन्तरिम आदेश जारी गरे पछि जिल्ला प्रशासन कार्यालय कार्यालय सुनसरीको निर्देशनमा इलाका प्रहरी कार्यालयको प्रहरी टोलील प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरी, शिक्षाध्यक्ष प्राडा गुरु खनाल, अस्पताल निर्देशक प्राडा गौरीशङ्कर साह र राजीनामा बुझाइएका रजिष्ट्रार प्राडा मोहनचन्द्र रेग्मीको कार्यकक्षमा लागेको ताला फुटाइएको छ ।
दैैनिक काममा समस्या आउनेर विरामीलाई असहज हुने भए पछि पदाधिकारीहरुले अन्यत्र बसेर काम गदैं आएका थिए । संघर्ष समिति बनाएर गत असार १ गतेबाट आन्दोलन भइरहेको थियो । असार ३० गते प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा प्रधानमन्त्री तथा प्रधानमन्त्रीको कार्यालयका सचिव स्तरीय छानबिन समिति बनेर प्रतिवेदन सार्वजनिक भए पनि सरकारले कार्यन्वयन गरेको छैन् । ताला खाेलिए पछि आन्दाेलनरत पक्षाहरुले पदाधिकारीहरुले कुर्सीमा बस्न नैतिक जिम्मेवारी गुमाएकाले बाहिर निस्कन दवाव दिएका थिए । उनीहरुले उपकुलपतिकाे कार्यकक्षा बाहिर नारावाजीसमेत गरेका थिए । उपकुलपति कार्यकक्षमा पस्दा स्थिति तानावपूर्ण भए पछि प्रहरीले हस्तक्षेप गरेको थियो । छानबिन प्रतिवेदनहरुले उपकुलपति डा. गिरीसहित पदाधिकारीहरुलाई कारबाही गर्न सिफारिश गरिसकेको कारण सिनेट बैठक नभै कार्यालय प्रवेश गरेर कुर्सीमा बस्ने अधिकारी नभएको आन्दोलनरत पक्षकाे भनाई रहेको थियो । 
यसैविच अस्पतालका निर्देशक प्राडा गौरीशंकर साहले सबै समस्या वार्ताबाट मात्र सम्भव हुने भएकाले आन्दोलनरत पक्षको माग वातौद्वारा समाधान गरिने बताउनु भएको छ । प्रतिष्ठानले गर्न सक्ने र अधिकार क्षेत्र भएका माग छलफल गरेर तत्काल पुरा गर्न प्रतिष्ठान प्रतिवद्ध रहेकोसमेत उहाँले बताउनु भएको छ ।

IMG-20211212-WA0002