काठमाडौं / काठमाडौंमा भइरहेको नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा सभापति पदमा ६ जनाको उम्मेदवारी परेको छ । उपसभापतिमा सात जनाको उम्मेदवारी परेको छ । महामन्त्रीमा ६ जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ । सहमहामन्त्रीमा २० जनाको उम्मेदवारी परेको छ । केन्द्रीय सदस्यका विभिन्न क्लस्टरमा ५०९ जनाको उम्मेदवारी परेको छ । १२१ सदस्यका लागि ५०९ काे उम्मेद्वारी परेकाे हाे । आज उम्मेद्वारी फिर्ताकाे समय ताेकिएकाे छ ।