धरान । पुराना नेपाली गीतहरुलाई   कभर भर्सनका रुपमा गाएर नेपाली प्रशंशक बटुल्न सफल कलकत्ताका गायक तथा संगीतकार अर्को मुखर्जी पहिलोपल्ट धरानमा आफ्नो एकल कार्यक्रमको लागि यहि मङ्सिर २५ गते शनिबार आउँदै हुनुहन्छ। 

धरानको बगरकोटको पुल पारी रहेको भीन्टेज फेमेली रिसोर्टमा आफ्नो ब्याण्ड मेम्बर सहित गायक अर्को मुखर्जी आउनु हुने छ ।  बिभिन्न बंगाली चलचित्रहरुमा समेत आफ्नो स्वर दिएर चर्चित बनेका उनि बिषेशत लोक संगीतका पारखी हुन्। उहाँले उकालीमा  हजुर ,भैंसी लड्यो ,लाहुरेको रेलीमाई,कस्तुरी हे ,मोहनी लाग्ला है ,ए ए कान्छा ,सिन्धुली गढी जस्ता थुप्रै नेपाली हिट गीतहरू लाई कभरभर्शनमा गाउनु भएकाे छ । नेपाल र नेपाली संगीतमा बिशेष झुकाव राख्ने उहाको युट्युब च्यानलमा रहेका नेपाली गीत-संगीतको सामग्री बाट प्रस्ट हुन्छ।   पहिलो पल्ट पूर्वको धरानमा आउन लागेको अर्कोले विभिन्न नेपाली तथा हिन्दी गीतहरु प्रस्तुत गर्ने  भिन्टेज फेमेली रिसोर्टका प्रबन्ध निर्देशक सुमन कुमार श्रेष्ठले बताउनु भयाे ।