धरान / नेकपा एमालेको १० औं महाधिवशेनबाट केन्द्रीय सदस्य तथा लेखा आयोग सदस्यमा निवार्चित सुनसरी क्षेत्र नं १ का नेताहरुलाई एमाले सुनसरी क्षेत्र नं १ कमिटीले सम्मान गरेको छ ।

केन्द्रीय सदस्य मञ्जु भण्डारी र केन्द्रीय लेखा आयोग सदस्य डि.बि.साह शंकरलाई मंगलबार धरानमा सम्मान गरिएको छ । केन्द्रीय सदस्य भीम आचार्यकोभने उपस्थिति थिएन । क्षेत्रीय समन्वय कमिटी संयोजक मीनकुमार सुब्बाले उहाँहरुलाई दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गर्नु भएके छ ।
सम्मान कार्यक्रमलाई सम्बोधन गदैं केन्द्रीय सदस्य भण्डारीले जनताको बीचमा एमाले पार्टी लोकप्रिय भएको बताउनु भएको छ । सबैलाई समेटर अझै सुदृड एमाले बनाउने आफ्नो अभियान रहेको बताउनु भएको छ ।

‘पार्टीमा योग्यता, क्षमताको आधारमा सबैलाई उचित जिम्मेवारी दिइने छ ।’–नेता भण्डारीले भन्नु भयो–‘विगतमा १० बुँदे पक्षधर भनिएका नेता, कार्यकर्ताहरुलाई उचित जिम्मेवारी दिइने छ ।’
एमाले प्रदेश नं १ कमिटी सदस्य मुरारी सुवेदीले पुष ५ गते पछि अलग कमिटी बनाएर गतिविधि गर्दै आइरहेका नेता, कार्यकर्ताहरुलाई पनि उचित जिम्मेवारी दिइने बताउनु भएको थियो । पार्टी एकढिकका बनाउन उहाँहरुलाई अन्याय नहुने गरि योग्यता, क्षमता र आवश्यकता अनुसार उचित जिम्मेवारी दिएर अघि बढ्ने उहाँको भनाई थियो ।
कार्यक्रममा ३ दर्जन ज्येष्ठ कम्युनिष्टहरुलाई सम्मान गरिएको छ । कार्यक्रममा दुई दर्जन युवाहरु पार्टी प्रवेश गरेका थिए ।