धरान / चर्चित ब्याण्ड रबिन एंड द न्यु रेभुलेसन ब्याण्ड आगामी पौष ३ गते शनिबार धरानमा आयोजना हुने 'टुबोर्ग मेगा लाइभ कन्सर्ट'मा आफ्नो प्रस्तुति दनि धरान आउदैं हुनुहुन्छ ।
रबिन एंड द न्यु रेभुलेसन ब्याण्डका मुख्य गायक रबिन तामाँङ अहिले ूरियालिटी शो ब्याण्ड च्याम्पियन नेपालको शुटिंङमा व्यस्त रहनु भएको छ । बिभिन्न नेपाली चलचित्रमा अभिनय समेत गनुृ भएका तामाङ केटा (केटी , दम मरो दम ,चिसो चिसो हावामा ,आधुनिक आँगनमा ,म मौनतामा , भेटे मैले शिबाजी , जति माया लाए पनि लगायतका गीतहरु चर्चित छन्। चार बर्ष अघि न्यु यर इभ कन्सर्टमा धरान आउनु भएका गायक रबिन तामाङ धरानको दर्शकहरुको माया हरेक पटकको कन्सर्टमा संधै बढिरहेको पाएको बताउंदै भन्नु हुन्छ–‘लामो समयपछि मेगा कन्सर्ट त्यो पनि धरानमा आउन पाउँदा एकदमै खुशी छु।’ टुबोर्गको प्रस्तुति तथा सिल्भर इन्टरटेनमेन्टको आयोजनामा धरानको पब्लिक हाईस्कुलको मैदानमा आयोजना हुन लागेको कन्सर्टमा रबिन एंड द न्यु रेभुलेसन संगै धरानको दुई स्थानीय प्रतिभाहरु हिना मल्ल बराइली र दिपिका बस्नेतको समेत प्रस्तुति रहनेछ। हिना मल्ल बराइली पहिलो नेपाल आइडलको टप टेन पुगेर चर्चामा आउनु भएकी नव गायिका हुन् भने दिपिका बस्नेत पनि नेपाल स्टारकी प्रतियोगी हुन्।

robin कोभिडको कारणले दुई बर्ष देखि कुनै पनि ठुलो कन्सर्ट नभएको धरानमा यो पहिलो कन्सर्ट हो। कार्यक्रम स्थलमा प्रवेशको लागि मास्क र सेनिटाईजर अनिवार्य गरिएको छ।
टुबोर्गको प्रस्तुति र सिल्भर इन्टरटेनमेन्टको आयोजनामा यस अघि धरानमा टुबोर्ग मेगा लाइभ कन्सर्ट २०१७ , धरान र पथरीमा टुबोर्ग मेगा लाइभ कन्सर्ट २०१८ आयोजना भईसकेको छ। सुरक्षा मापदण्ड अपनाएर लामो समय पछि धरानमा लाइभ कन्र्सट गर्न लागिएको आयोजक संस्थाका प्रवन्ध निर्देशक सौरव श्रेष्ठले जानकारी दिनु भयो ।

mega live concert 1