धरान / ‘मिस स्टेट १’ को उपाधि हात पार्न सफल छात्रा श्वेता भुजेललाई धरान मेघा कलेजले सम्मान गरेको छ ।
सोही कलेजमा बिविएस दोस्रो वर्षमा अध्ययनरत् भूजेललाई बधाईसमेत द्दापन गरेको छ । कलेजका प्राचार्य भाष्कर पौडेल, कलेजका प्रशासनिक प्रमुख कैलाश लिम्बू, कलेजका बिबिएस संयोजक चन्द्र वनेम, श्वेताका बुबा चित्रबहादुर भुजेललगायतले श्वेतालाईशुभकामना दिनु भएको थियो ।
बिबिएस संयोजक वनेमले पढाइसँगै अतिरिक्त क्रियाकलापमा समेत अघि बढ्न कलेजले विद्यार्थीहरूलाई अवसर प्रदान गर्ने गरेको बताउनु भयो ।

पूर्वाञ्चल बागिना कला केन्द्रले आयोजना गरेको ‘मिस स्टेट १’ को तेस्रो शृङ्खलाअन्तर्गत शनिबार सम्पन्न आन्तिम प्रतिस्पर्धामा सबै प्रतियोगीलाई पछि पार्दै श्वेताले उपाधि जित्नु भएको थियो ।