धरान / मोही हकदाबी गरिएको महेन्द्र बहुमुखी क्याम्पसको जग्गा मोहीको नाममा फैसाला भए पछि त्यसकाविरुद्ध धरानका राजनीतिक दलहरुले चासो देखाएका छन् ।

क्याम्पसको जग्गा संरक्षण गर्न गठित संयुक्त विद्यार्थी संघर्ष समितिले मंगलबार सार्वजनिक वहस गरेको छ । उक्त कार्यक्रममा राजनीतिक दलका नेताहरुले आफुहरुको ध्यानाकर्षण भएको जनाएका छन् ।
छलफलमा क्याम्पस व्यवस्थापन समिति सदस्यसमेत रहेका कांग्रेस धरानका सभापति श्याम पोख्रेलले क्याम्पस प्रशासनलाई पनि खबरदारी गर्दै जग्गा बचाउन राजनीतिक दलहरु अघि बढ्ने बताएउनु भयो । नेकपा एमाले धरान नगर अध्यक्ष नारायण सुवेदीले पनि क्याम्पसको जग्गा कुनै पनि हालतमा कसैलाई हडप्न नदिने बताए ।
एमालेकै अर्का अध्यक्ष हर्कजंङ एभेङले भुमिसुधारको निर्णयविरुद्ध कानुनी उपचार खोज्नुपर्ने बताउनु भएको छ ।
धरानका अन्य राजनीतिक दलहरुले पनि साचो व्यक्त गरेका छन् ।
नेकपा एमाले नगर कमिटीले बुधबार बैठक बसी विज्ञप्ति जारी गदैं ध्यानाकर्षण भएको जनाएको छ । अध्यक्ष नारायण सुवेदी र सचिव पारस काङ्माङ राईले विज्ञप्ति जारी गरि उक्त जग्गामा भूमाफियाहरुको चलखेल भएको जनाउनु भएको छ । विज्ञिप्तमा उक्र जग्गा किनवेचमा सहभागी नहुनसमेत सबैलाई आग्रह गरिएको छ । बैठकले चितवनमाहालै सम्पन्न १० महाधिबेशनबाट केन्द्रीय कमिटीमा निर्वाचित मञ्जु भण्डारीलाई बधाई ज्ञापनसमेत गरेको छ ।
क्याम्पसको धरान ११ स्थित स्वास्तिक चोकमा कित्ता नम्बर २६६ को १७ कट्ठा १८ धुर जग्गा छ । यो २०३४ सालमा क्याम्पसले खरिद गरेको थियो । उक्त जग्गाको मोही दावी गरेर मुद्धा परेको थियो । २०७८ असोज २५ गते मोहीको पक्षमा फैसाल भएको थियो ।

 

mcc 264664949_3795314630694649_4648904590485810003_n