धरान । धरान उपमहानगरपालिका–१५ मिलन चोक मै रहेको एक सुन पसलबाट ६० तोला भन्दाबढि सुन चोरी भएको छ ।
सान्थाक्रा ज्वेलरीमा राती १ बजेकोसमयमा ६० तोला सुन, ४ तोला चाँदी र केही नगद पैसा लुटपाट भएको हो । इलाका प्रहरी कार्यालय धरानका इन्सपेक्टर हेमराज ओलीका अनुसार पसल भएको घरको गल्लीमा रहेको चेनगेटको चाबी खोलेर सटर कोठाको पछाडी रहेको ढोकाको चाबी फोडेर सुन पसलमा चोरी भएको छ ।
सुन पसल रहेको घरको भुइतलामा पसलहरु रहेको र माथिल्लो तलामा मात्रै सुत्ने गरीएको थियो । गल्लीको चेनगेटको चाबी बाहिरबाटै भेट्ने गरी राख्ने गरिएको बताइएको छ । चोरले उक्त चाबी खोलेर भित्र पसी सटर कोठाको ढोकाको चाबी फुटाएर सुन पसलमा चोरी गरेको पाइएको छ । अन्य पसलबाट महगो रक्सी तथा अन्य सामानहरुसमेत चोरी भएको छ । पसलधनी तीन तला माथि बस्दैं आएका थिए ।
चेन गेटको चावी राख्ने ठाँउ थाहाएको व्यक्तिले चोरी गरेको हुन सक्ने प्रहरीले आशंका गरेको छ । घट्नाबारे प्रहरीले अनुसन्धान थालेको छ । सिसि क्यामेराको फुटेज अनुसार ७÷८ जनाको समुहमा गाडी लिएर चोरी गर्न आएको पाइएको छ ।