धरान / क्याम्पसको सम्पति संरक्षण नगरेको भन्दैं महेन्द्र बहुमुखी क्याम्पस धरानका विद्यार्थीहरुले आफ्नै क्याम्पस प्रमुखको कुर्र्सी जलाई दिएका छन् ।
विद्यार्थी संगठनहरुको समुहले सोमबार दिउँसो क्याम्पस प्रमुख दामोदर भण्डारीको कार्यकक्षको कुर्सीमा आगो लगाएका हुन । उनीहरुले संघर्ष समिति बनाएर जग्गा संरक्षणको लागि आन्दोलनको घोषणा पनि गरेका छन् ।
धरान ११ स्थित क्याम्पसले भोगचलन गरिरहेको कित्ता नम्बर २६६ को १७ कट्ठा १८ धुर जग्गाको मोही विवाद थियो । स्रेस्तामा भएका मोही डम्बरबहादुर घिमिरेको मृत्यु भइसकेको थियो । बषौंदेखि मोहीयानी हक खोजी भएको थिएन । तर तीन बर्ष अघि मृतक घिमिरेका छोरा यज्ञबहादुर क्षेत्रीले भुमिसुधार कार्यालय इनरुवामा मोही हक नामसारीको निवेदन दिनु भएको थियो । उहाँको निवेदन पछि क्याम्पसले मोही लगत कट्टाको निवेदन दिएको थियो । भुमिसुधारले गत असोज ३ गते मोही हक छोरा यज्ञबहादुरको नाममा नामसारी गरिदिने फैसला गरेको थियो । तर उक्त कुरालाई क्याम्पसले हालसम्म सार्वजनिक गरेको थिएन् ।
मोही हकको जग्गा दिलाउन भुमाफियाहरु लागेको बताइएको छ । हक कायम गराउन त्यस वेला सिफारिस दिने र दिन लगाउने जनप्रतिनिधीहरुको विषयमासमेत प्रश्न उठेको थियो । भूमाफियाको प्रभावमा परेर क्यामपसले तारेखको म्याद गुजारेर मोहीको पक्षमा मुद्धा फैसाल भएको विद्यार्थीहरुको आरोप छ ।
वारेसमार्फत क्याम्पस प्रशासनले तारेख बुझेको र ३ पटक पेशी तोकिदा पनि वकिल पठाएर बहस नगर्दा प्रशासन र क्याम्पस प्रमुखमाथि नै प्रश्न चिह्न खडा भएको पूर्व स्वावियु सभापति सागर चेम्जोङले जानकारी दिनु भयो । ‘पटक पटकको पेसीमा क्याम्पस तर्फको अभिवक्तालाई बहसका लागि उपस्थिति नगरानु यहाँ मिलेमतोको आशंका छ ।’– नेता चेम्जोङले भन्नु भयो –‘क्याम्पस प्रशासन, जनप्रतिनिधि र भुमाफियाबीच मिलेमतो भएको हाम्रो आसंका छ । असोज ३ गते नै फैसाल भए पनि हालसम्म क्याम्पसले विद्यार्थी संगठनलाई कुनै जानकारी नदिएको र मुद्धामा तारिक नै नलिई मोहीको पक्षलाई फाइदा हुने काम प्रशासनले गरेको विद्यार्थीहरुको भनाई छ ।
६ वटा विद्यार्थी संगठनहरुले संघर्ष समिति बनाएर क्याम्पस प्रशासनको भण्डाफोर गर्ने उनीहरुले बताएका छन् । मंगलबार क्याम्पस प्रशासन, जनप्रतिनीधि, विद्यार्थी, नागरिक समाजलगायतसँग छलफल राखिएको चेम्जोङले बताउनु भयो ।
यता क्याम्पस प्रमुख दामोदर भण्डारीले बदनियतपूर्ण फैसाला गरेको बताउनु भएको छ । आफुहरुले कुनै तारिक पेसी पनि नछाडेको तर हाम्रो प्रमाण यथेष्ट हुदाँहुदैं पनि हाम्रो विपक्षिमा फैसाल गरेको उहाँले बताउनु भयो । यस विषयमा काठमाडौंमा विश्वविद्यलाय, बरिष्ठ अधिबक्ताहरुसँग छलफल गरिरहेको उहाँले बताउनु भयो । यो अन्तिम निर्णय नभएकाले यस फैसाल विरुद्ध उच्च अदालत जाने तयारी गरेको प्रमुख भण्डारीको भनाई छ । आक्रोसित विद्यार्थीहरुले सकुर्सी जलाएको आफुलाई सूचना आएको उनले बताए । बर्षौदेखि उक्त जग्गा क्याम्पसले नै संरक्षण तथा राजस्व तिदैं आएको उहाँले बताउनु भयो । उहाँ हाल काठमाडौ मै हुनु हुन्छ ।

259953646_MCC