विाटनगर / नेपाली काङ्ग्रेस १ नम्बर प्रदेशको सभापतिमा उद्धव थापा विजयीहुनु भएको छ । पार्टी नेता कृष्णप्रसाद सिटौला समूहका थापा दुई मतको अन्तरले निर्वाचित हुनु भएको हो । थापालाई पार्टी संस्थापन पक्षको समर्थन थियो ।
अन्तिम मतपरिणामअनुसार थापाले आठ सय ४४ मत ल्याउदा उहाँका निकटतम् प्रतिद्वन्द्वी गुरुराज घिमिरेले आठ सय ४२ मत प्राप्त गर्नु भएको छ । घिमिरले पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेलर डा. शेखर कोइराला निकट हुन् ।

पदाधिकारीमा महामन्त्री उमेश थापा र सहमहामन्त्री रोहितकुमार साहबाहेक संस्थापन र सिटौला पक्षकै विजयी हुन भएको छ । दुई उपसभापतिमा टङ्कप्रसाद राई (८४७) र रमेशजंग रायमाझी (८९१) विजयी भए । दुई महामन्त्रीमा उमेश थापा(८२३), भूपेन्द्र राई (८२४) विजयी हुन भएको छ ।

अन्तिम मतपरिणाम यस्तो छ

सभापतिः
१.उद्धव थापा – ८४४ (विजयी)

२. गुरुराज घिमिरे –८४२

उपसभापति:

१.गोविन्दप्रसाद ढुङ्गाना (केदार) –७६५

२.टङ्कप्रसाद राई –८४७ (विजयी)

३.रमेशजंग रायमाझी –८९१ (विजयी)

४.विश्वनाथ रिजाल(त्रिलोचन) –६६९

महामन्त्री

१.उमेश थापा –८२३ (विजयी)

२.दीपनकुमार श्रेष्ठ –७६४

३.पदम सुन्दर पालुङ्गवा– ८०७

४.भूपेन्द्र राई –८२४ (विजयी)

सह–महामन्त्री महिला

१.प्रमिला गच्छदार –८३७(९विजयी)

२.सीता कार्की–७३३

सह–महामन्त्री

१.खड्ग फागो –१०२६(विजयी)

२.रोहितकुमार शाह –६६५(विजयी)

३.विनोदकुमार बस्नेत –७४७ (विजयी)

४. वीरकाजी राई –६४७

५. शुभचन्द्र राई –८४