धरान / बचत तथा ऋण सहकारी संघ लिमिटेड सुनसरीले शनिवार प्रथम साकोस शिखर गोष्ठि गरेको छ ।
कार्यक्रमको उद्घाटन प्रदेश सभाका सभामुख प्रदीपकुमार भण्डारीले गर्नु भयो ।

उहाँले छरिएर रहेको पूँजीलाई एकिकृत गरि लगानी योग्य बनाउदै निम्न आय भएका नागरिकहरुलाई व्यवसाय मार्फत आत्मनिर्भर बनाउन सहकारीको महत्वूर्ण भूमिका रहेको बताउनु भयो । यस गोष्ठिले सहकारी अभियानका उपलब्धिहरु अभियन्ताहरुलाई जानकारी गराउदै संभावित जोखिम, त्यसको प्रभाव, व्यवस्थापन तथा वित्तिय व्यवस्थापनको बिषयमा आवश्यक जानकारी दिने सभामुख भण्डारीले बताउनु भएको छ ।

संघका अध्यक्ष शिवराज श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त दुई दिवसिय गोष्ठिको उदघाटन कार्यक्रममा धरान उपमहानगरपालिकाका उपप्रमुख मञ्जु भण्डारी, नेपाल बचत तथा ऋण राष्ट्रिय सहकारी संघ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोख्रेल, नेपाल बचत तथा ऋण राष्ट्रिय सहकारी संघ लिमिटेडका अध्यक्ष परितोष पौड्याल, राष्ट्रिय सहकारी बैक लिमिटेडका बद्रिकुमार गुरागाँई, आन्तरिक राजस्व कार्यलयका प्रमुख कर अधिकृत गोविन्दराज आचार्य, नेफस्कुनका निवर्तमान कोषाध्यक्ष केशवप्रसाद पोखरेल, राष्ट्रिय सहकारी महासंघ लिमिटेडका अध्यक्ष मिनराज कंडेल, प्रदेश सहकारी रजिष्ट्रार कार्यलयका रजिष्ट्रार बलराम निरौला, राष्ट्रिय सहकारी संघ लिमिटेड, सुनसरीका वरिष्ठ उपाध्यक्ष नरेश ईवारामलगायतको उपस्थिती रहेको थियो ।
दुई दिन सम्म चल्ने सो गोष्ठीमा सुनसरी जिल्लाका सहकारीका प्रतिनिधीहरुको सहभागिता रहेको छ । आज गोष्टिको समापन गर्ने कार्यक्रम रहेको छ ।264454829_996460577752413_3589962743542817349_n