झापा / झापाको मेचिनगर नगरपालिका ४ राईसिङ स्थितबाट लागुऔषध ब्राउन सुगर सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका ३७ बर्षिय सम्बरबहादुर आले मगर रहेका छन् ।
हिजो बेलुका ५ बजे प्रहरी चौकी बाहुनडाँगीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपाल तर्फ आउदै गरेको WB 74AK6099 नम्बरको भारतिय मोटरसाइकल सवार रहेका मगरको साथबाट ब्राउन सुगर १४ ग्राम बरामद गरिएको थियो ।
प्रहरीले उनलाई मोटरसाइकल सहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय काकँरभिट्टाले जनाएको छ ।