भोजपुर / आमचोक गाउँपालिकाले विपन्न असक्तलाई न्यानो कपडा वितरण गरेको छ । आमचोक गाउँपालिकाको न्यानो वितरण कार्यक्रम अन्तर्गत आमचोक– १ वासिङ्ग थर्पु की वृद्ध अजुध्दमाया कार्कीलाई घर मै पुगि गाउँपालिका उपाध्यक्ष सीता राईले सिराक वितरण गर्नुृ भएको छ ।
उहाँलाई एक सेट सिरक डसना उपलब्द गराइएको वडा नं. १ का वडाध्यक्षा डम्बरबहादुर कार्कीले जानकारी दिनु भयो ।
उपध्यक्ष सीता रार्इ,आमचोक गाउँपालिकाका कानुनी सल्लाहाकार सबिना राई , वडा वडा अध्यक्ष कार्की, वडा सदस्य बिष्याु बिष्ट, समाजसेवी गोमा राईको उपस्थितिमा सिरक डसना वितरण गरिएको स्थानीय मिलन राईले जानकारी दिनु भयो ।