धरान / दशक अघि नेपाल घुम्ने विदेशी पाउना मात्र हुन्थ्ये । नेपाल बुझन र यहाँको अध्ययन गर्न विदेशीहरु दुइ महिनासम्मको ट्रेकिङ योजना बनाएर नेपाल आउने गरेका थिए र अहिले पनि आउने गरेका छन् । । यात्राका क्रममा नेपाल बुझेर ती विदेशी यात्रीहरुले आफ्नो संस्मरणमा लेखेका पनि छन्–‘नेपालीहरु सुनको खटियामा बसेर सुनको कचौरामा भीख माग्ने देश हो ।’ विदेशीले त नेपाल बुझेका छन् । डुलेका छन् । हामी अझै नेपाल बुझन सकेका छैनौं । कारण हामी नेपाल घुम्दैंनौं । घुम्ने वानीको विकास भएको छैन् ।

furba
यद्यपी यो पछिल्लो ३/४ बर्ष अघिदेखि भने नेपालीहरुको पनि थोरै मात्रमा घुम्न निस्कन थालेका छन् । तर पनि साहासिक पदयात्रा गर्ने नेपाली भने विरलै छन् । त्यो पंतिमा अझै विदेशी पर्यटक मात्र छन् । हिमाली क्षेत्रको यात्रा गर्ने नेपाली विरलै पाइन्छ ।
विदेशी पर्यटकहरुको भीडमा साहासिक पदयात्रा गर्ने कम नेपालीहरु मध्यमा धरानका ३७ बर्षीय युवा फुर्वा शेर्पा पनि पर्नु हुन्छ । ५ बर्ष अघिदेखि बर्षमा एक पटक उहाँ साथीहरुसँग घरछाड्दैं आउनु भएको छ । सुविसु इन्टरनेटको धरान शाखाका प्रमुख शेर्पा फोटोग्राफीमा सौखिन हुनुहुन्छ । हिमाली क्षेत्रको पदयात्रामा रमाउन रुचाउँनु हुन्छ । प्राकृतिक वातावरणको अध्ययन अवलोकन गर्ने र नेपाल बुझने उहाँको ठूलो सोख छ । घुम्नका लागि उहाँले धरान र विराटनगरबाट एउटा टिम नै बनाउनु भएको छ । धरानका सुधिर लिम्बु, प्रभाव श्रेष्ठ, समिर शाक्य, कुञ्दन श्रेष्ठ, विराटनगरबाट रोजन श्रेष्ठ, सृर्जन प्याकुरेलसँग समय मिलाएर देशघुम्ने गर्नु भएको छ ।
धरानमा जन्मेर त्यही हुर्केका शेर्पा हाइअल्टिच्युटको क्षेत्रमा यात्रा गर्न रुचाउँनु हुन्छ । दुवै तिर हिमाले छेकेका उच्च चिसो स्थानमा पदयात्रा गर्न रुचाउँनुहुन्छ । देशका महत्वपूर्ण यस्ता पदमार्गमा उहाँ पाइला टेकीसक्नु भएको छ । ।
उहाँले विश्वको अल्गो पास थोरङला पासको पदयात्रा गरि सकनु भएको छ । यो यात्रा साह्रै कठिन र साहासिक छ । प्राय विदेशी पर्यटकहरुले मात्र यस्ता यात्रा गदैं आएका छन् । उच्च हिमाली क्षेत्र जहाँ दुवै तिर हिमालले ढाकोको हुन्छ । वीचको बाटो पदैल हिडेर पार गर्नुलाई पास भनिदैं आएको छ ।
शेर्पाले ५४१६ मीटर उचाईको विश्वको अल्गो पास थोरङलापास एक बर्ष अघि साथीहरुसँग पार गर्नु भएको थियो । यो दामोदर हिमाल र अन्नपूर्ण हिमालको चेपमा पर्छ । शेर्पाले आफ्ना साथीहरुसँग ५१०६ मीटर उचाईको गोरखामा पर्ने लर्केला पास, मुस्ताङमा पर्ने ४६६० मीटर उचाईको लोमाथाङ अपरमुस्ताङ पास, संखुवासभामा पर्ने ४४१६ मीटर उचाईको मकालुस्थित सिप्तुङलापासको पदयात्रा तय गरि सक्नुभएको छ ।

_FUR1413_larke pass_
यस्तै ४६२० मीटर उचाईको मनाङको आइस लेक, ४९१९ मीटर उचाईमा रहेको विश्वको अल्गो स्थानमा रहेको तिलचो ताल, ३००० मीटर उचाईमा रहेको टिएमजेक्षेत्र पदयात्रा गरिसक्नु भएको छ । उहाँको सगरमाथा वेसक्याम्प, कञ्चलजङ्गा वेस क्याम्प र लाम्टाङ गोसाईकुण्ड सर्किट, से–फोक्सुण्डो–रारा १६ दिने पदयात्रा अवको योजनामा छ ।
यि क्षेत्रमा नेपालीहरु विरलै पुग्छन् । तर विदेशी पर्यटकहरुको भने सिजनमा भीड हुने गरेको छ । पासको पदयात्रा निकै जोखिम र कष्टपूर्ण हुने भएकाले नेपाली प्राय यि यात्रामा निस्कदैनन् ।
पछिल्लो समय शेर्मा र सृर्जन प्याुकरेलले डोल्पामा पर्ने से–फोक्सुण्डो तालको पदयात्रा गर्नु भएको छ । ‘घुम्नु इतिहास बुझनु पनि रहेछ् । पर्यावरणको अध्ययन, नेपालीको संस्कृतिको अध्ययन, रहनसहन अवलोकनसँगसँगै प्राकृतिक श्रोत साधनको जानकारी पाइने रहेछ ।’–शेर्पाले भन्नु भयो । बर्षभरी कमाएको १० प्रतिशत आम्दानी घुम्न खर्च गर्ने गरेको उहाँको भनाई छ ।
नेपालको अप्ठ्यारो स्थानहरु घुमेर नेपाल बुझने आफ्नो सोख भएको शेर्पा बताउँनु हुन्छ । गत कात्तिक २१ गते उहाँ ७ दिनको यात्रामा से– फोक्सोण्डो ताल घुम्न निस्कनु भएको थियो । साथमा सृर्जन हुनुहुन्थ्यो । डोल्पा जिल्लामा रहेको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज भित्र अवस्थित हिमाली सफापानीको ताल हो । यो ताल ३६११.५ मिटरको उचाईंमाई रहेको छ । यो नेपालकाे सबैभन्दा गहिरो ताल हो । यसको गहिराई १३६ मीटर छ । कान्जिरोवा हिमालको काखमा अवस्थित यो ताल ‘वाई’ आकारको छ । फोक्सुण्डो तालबाट सुलिगाँड झरना निस्केको छ । यो तालसम्मको यात्रा प्राय विदेशीहरुले गर्ने गरेका छन् । नेपालीहरु कमै मात्र पुग्ने गरेको शेर्पा बताउँनु हुन्छ । हरियो ताल हेदैं डरलाग्दो छ । नजिकै पुगेर नेपालीहरु हेर्नै आँट गदैंनन् । डोल्पाको जुफान विमास्थलबाट तीन दिनको पैदल यात्रामा पुगिने शे–फोक्सुण्डौ ताल जाँदा त्यही तालबाट बगेर आएको पानीको खोला तदैं तीरैतिर जानु पर्दा निकै आनन्द हुने उहाँ बताउनु हुन्छ ।
यात्राले बर्ष भरीको थकान विर्सने र आफ्नो देश बुझने मौका मिल्ने उनको भनाई छ । नेपालमा घुम्ने संस्कृति अझै विकास नभएको उहाँको भनाई छ । अरुलाई घुमेर आनन्द मात्र होइन नेपाल अध्ययन गर्ने प्रेरणा दिन आफु घुम्ने गरेको उहाँले बताउनु भयो ।

pass