चितवन । कलिलो उमेेेेरमा रोल्पाकी ३२ वर्षीया ईश्वरी जीएम केन्द्रीय सदस्य बन्नु भएको छ । चितवनको सौराहमा मंगलबार सकिएको नेकपा एमालेको दशौं महाधिवेशनबाट जीएम जनजातिको महिला क्लस्टरबाट केन्द्रीय सदस्य निर्वाचित हनु भएको हो ।

रोल्पाको नुवागाउँकी जीएम विद्यार्थी राजनीतिबाट एमालेमा संगठित हुनुहुन्थ्यो । प्रेस चौतारी रोल्पा शाखाको प्रमुख समेत भइसक्नु भएको उहाँ एमालेको रोल्पा जिल्ला कमिटीमा बसेर समेत काम गर्नु भएको थियो ।
यता ३५ बर्षको उमेे धराान उपमहानगरपालिकाको उपमेयर बन्नु भएकी मञ्जु भण्डारी पनि१  १०आै महााधिवेशनबाट केन्द्रिय सदस्य बन्नु भएको छ । प्रदेश १ महिला कोटा बाट उहाँ केन्द्रीय सदस्यमा विजयी हुनु भएको हो ।
धरान क्षेत्रबाट उहाँ पहिलो केन्द्रीय नेतृत्वमा पुग्ने व्यक्तिको रुपमा दरिनु भएको छ । एमालेले हालसम्म केन्द्रीय नेतृत्व पाएको थिएन ।

भरतमोहन अधिकारी, लिला सुब्वा, कुन्ता शर्माजस्ता सेलिब्ररेटीहरूले जितेको क्षेत्रमा उहाँले २०७४ को निर्वाचनमा मेयर तारा सुब्वा भन्दा केही बढि मत ल्याएर उपमेयरमा निर्वा्चित हुनु भएको थियो ।

अनेरास्ववियुको सदस्यबाट विद्यार्थी राजनीति शुरु गर्नु भएकी उहाँ अनेरास्ववियु दुई पटक केन्द्रीय सदस्य हुनु भएको थियो । स्पष्टवक्ता, निडर मञ्जु दुई कार्यकाल नेकपा एमाले जिल्ला कमिटि सचिवालय सदस्य रहेर पार्टीको कामसमेत गर्नु भएको भण्डारीले सिनियर नेताहरुलाई प्रतिनिधिि लानका लागि महाधिवेशन प्रतिनिधीमा नाम फिर्ता लिनु भएको थियो । उहाँलाई केन्द्रिय कमिटीले  मनोनयन गरेको थियो ।
कलिलो उमेरमा वैवाहिक सम्बन्धमा जोडिनु भएकी मञ्जुका श्रीमान् मुरारी सुवेदी पनि लामो समयदेखि राजनीतिकमा होमिएका व्यक्ति भएकाले उहाँलाई राजनीतिमा छिटै अगाडी आउने सजिलो भएको छ ।