चितवन । नेताहरूकाे व्यवस्थापनका लागि भन्दै नेकपा एमाले विधान संशाेधन गर्ने निर्णय गरेकाे छ । शुक्रबार राती अवेर साैराहामा बसेकाे केन्द्रिय कमिटी बैठकले १ उपाध्यक्ष र १ उपमहासचिव पद थप गर्ने निर्णय गरेकाे हाे ।

प्रचार विभाग प्रमुख याेगेश भट्टराईका अनुसार  २२५ सदस्यीय केन्द्रिय कमिटीलाई ३०१ सदस्यीय बनाइएकाे छ । उपाध्यक्ष १ र उपमहासचिव पद थपिएकाे छ । अनुशासन आयाेग, लेखा , निर्वाचन आयाेग, अनुशासन आयाेग २५/२५ सदस्यीय बन्ने छ । उक्त निर्णयलाई आज हुने बन्दसत्रले पारित गर्ने छ । पदहरू थपिएसँगै नेतृत्व चयन सर्वसहमतिमा हुने सम्भावना बढेकाे छ ।

received_327241875505824