धरान / धरानबाट थुप्रै गायक /कलाकारहरुले नेपाली संगीत तथा मनोरंजन क्षेत्रमा आफ्नो नाम राखेका छन्।  यहि क्रममा धरानका गायक रविल श्रेष्ठले आफ्नो नयाँ गीत "आफ्नो लागि "म्युजिक भिडिओ सहित रिलिज गरेका छन्।

लोकप्रिय कोरियोग्राफर तथा मोडल प्रियारानी लामाको मुख्य अभिनय रहेको गीतको भिडिओ सृस्टी राईको निर्देशनमा तयार भएको हो समस्टी राईको कला निर्देशन , अभि साम्पाङ्ग राईको सम्पादन , समन महर्जनको छायांकन र कलर रहेको छ।  गायक श्रेष्ठकै रचना रहेको गीतमा संगीत रोशन शर्माको रहेको छ भने सुरज बिस्वकर्मा को संगीत संयोजन तथा मिक्सिङ्ग रहेको छ।  समग्रमा गीत /संगीत  तथा भिडियो मेकिङ्ग सम्पूर्ण कुरामा गुणस्तरमा धेरै ध्यान दिइएको छ। गीत तथा भिडियोको पोजिटिभ रेस्पोन्सले पनि गायक रविल सन्तुस्ट रहेको र फेरि नयाँ गीतको तयारीमा जुट्न जोश आएको बताउंछन्। ओएसआर डिजिटल युट्यूब च्यानल मार्फत गीत रिलिज गरिएको छ। 

म्युजिक भिडियो लिंक : https://youtu.be/2-7WilDZV9Yeeeeeeeee