धरान / नेकपा एमालेको १० औं महाधिवेशनमा दलित समुदायबाट प्रतिनिधी पर्नु भएका सामाजिक अभियान्त तथा युवा नेता डिवि शाह शंकर(धनबहादुर विश्वकर्मा)ले दलित कोटाबाट उम्मेद्वारी दिने तयारी गर्नु भएको छ ।
नेकपा एमालको सक्रिय राजनीतिमा रहनु भएका सुनसरीकाे मधुवन घर भएका विश्वकर्मा नेकपा एमाले प्रदेश कमिटी सदस्य हुनु हुन्छ । दलित मुक्ति समाजको केन्द्रीय सचिवालय सदस्यसमेत रहनु भएका डिवी शाह शंकर ९ औं महाधिवेशनमा लेखा  आयोगको सदस्यमा १ भोटले पराजित हुनु भएको थियो । पार्टीमा सक्रिय, सामाजिक अभियन्ता विश्वकर्मा राजनीतिसँगै विभिन्न संघ संस्थाहरु मार्फत जिल्लामा सेवा गरिरहनु भएको छ । 

केन्द्रिय सदस्यमा ३ महिलासहित १० जनाकाे दलित काेटा रहेकाे छ ।