धरान / सुनसरीमा लामो समयदेखि विभिन्न अपराध लुकीछिपी बसेका साउन महिना यता ५ सय ६५ जना फरार प्रतिवादी पक्राउ परेका छन् । सुनसरी जिल्ला अदालतमा पेश हुदा कैद तथा जरिवाना तोकिएका फरार प्रतिवदाी मध्य श्रावण महिना यता सो संख्यामा अपराधी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता डिएसपी नरेन्द्र कार्कीले जानकारी दिनु भयो ।
उनीहरुबाट ११९ वर्ष ८ महिना ८ दिन कैद र २६ लाख ७२ हजार ९ सय ६ रुपैया जरिवाना वेरुजु फछ्र्योट भएको डिएसपी कार्कीैले जानकारी दिनु भएको छ । अपराध गरे पछी उन्मुक्ति पाउन सकिदैन, जति भागे पनि जति लुकेपनि कानुनको नजरमा लुक्न सकिदैन, उसको नाममा कायम भएको अभिलेख मेटिदैन भन्ने सन्देश दिन फरार अपराधी पक्राउको अभियान नै चलाएको सुनसरी प्रहरी प्रमुख एसपी सञ्जयसिंह थापाले बताउनु भयो ।
अदालतको वेरुजु सुचीमा कैद र जरिवाना लगत देखिएका प्रतिवादीहरुलाई स्वतस्स्फुर्तरुपमा कानुनको सम्मान गरी आफ्नो नाममा कायम रहेको कैद भुक्तान गरी वा जरिवान तिरेर स–सम्मान वाच्न सुनसरी प्रहरीले सबैलाई अनुरोध समेत गरेको छ ।
तत्कालिन भादगाउँ सिनवारी – ६ (हाल रामधुनी ५) निवासी जैयस कुमार साहको घरमा २०६८ भाद्र १७ गते राती डाँका गरी फरार रहेका मध्य एक जनालाई सोमबार प्रहरलिे पक्राउ गरेको छ । उक्र घटनामा ९३ जनाको संलग्नता रहेको थियो । फरार रहेका मध्ये तत्कालिन चाँदवेला – १ (हाल ईनरुवा – ७) वका अजित मियाँलाई उनको घर नजिकबाट पक्राउ गरेको छ ।
फरार प्रतिवादी अजित मियाले २०७४ पुस २७ गते आफ्नो मृत्यु भएको भनि स्थानिय पञ्जिकाधिकारीको कार्यालयवाट मृत्यु दर्ता प्रमाणपत्र समेत वनाएको पाइएको प्रहरीले जनाएको छ । प्रहरीले पक्राउका लागी गरेको कोशिसका वावजुद उम्कदै आएका उनी अजितको मृत्यु भैसकेको छ, उ फटाहा नै थियो ‘आफु भने आजितको भाई अजिज’ भएको बताउदैं जोगिए आएको प्रहरीले जनाएको छ । सो घटनाका पिडित तथा अर्का प्रतिवादी लुचाई शर्मा खत्वेले फैसला वमोजिमको कैद तथा जरिवाना भुक्तान गरीसके पछि अजिज भन्ने अजित भएकोर घट्नामा संलग्न भएको खनाखतका ेआधारमा उनलाई पक्राउ गरिएको डिएसपी कार्कीैले बताउनु भयो ।
सुनसरी जिल्ला अदालतको २०७५ असार ११ गतेको फैसलावाट उक्त घटनामा संलग्न उनीहरुलाई जनही ६ वर्ष कैद तथा ९९ हजार जरिवानाको फैसला भएको थियो । मंगलबार एकै दिन ४२ जना फरार प्रतिवादीहरुलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालतमा बुझाइएको प्रहरीले जनाएको छ ।