धरान / नेपाली कांग्रेसको सुनसरीको प्रदेश सभा निर्वाचनामा निर्वाचनमा पौडेल समुह हावी भएको छ । शनिवार भएको निर्वाचनामा क्षेत्र नं १ क बाट पौडेल समुहका अनिल श्रेष्ठले सभापतिमा विजय गर्नु भएको छ । उहाँको प्रतिद्वन्द्वी मदन ढकाल हुनु हुन्थ्यो ।
क्षेत्र १ (ख)मा देउवा पक्षका अजय राईलाई हराउदैं पौडेल पक्षका मुरारी प्रसाद भट्टराई विजयी हुनु भएको छ ।
क्षेत्र नं. २ (क)मा पौडेल पक्षका धनबहादुर पुरीलाई हराउदैं शुभेक्षुक राई विजयी हुनु भएको छ । ख मा पौडेल पक्षका श्यामलाल मेहता सर्वसहमत हुनु भएको छ ।
सुनसरी क्षेत्र नं. ३ (क) मा पौडेल समुहका दिपक पौडेल सर्वसहमत हुनु भएको थियो । ख मा पनि विजय गच्छदार समुहका किरण चौधरी विजयी हुनु भएको छ । उहाँ पनि सर्वसहमत हुनु भएको हो ।

यस्तै क्षेत्र नं. ४ क मा पाैडेल पक्षका भिखारी मण्उडल विजयी हुनु भएकाे छ । ख मा पौडल पक्षकै नवराज बस्नेतलाई हराउदैं उपेन्द्र कटवाल विजयी हुनु भएको छ ।
क्षेत्रीय सभापतिमा पनि पौडलपक्षको पकट राम्रो भएको बताइएको छ । सुनसरी क्षेत्र नं. मा पौडल पक्षकाट सुजेन्द्र तामाङले उम्मेद्वारी दिनु भएको छ । उहाँसँग हालसालै गुट परिवर्त गरि देउवामा प्रवेश गर्नु भएका धरान उपमहानगरपालिकाका मेयरसमेत रहनु भएका तिलक राईको उम्मेद्वारी रहेको छ ।
क्षेत्र नं २मा लिलामणी सुवेदी(पौडेल) र मणीराम श्रेष्ठ(देउवा) क्षेत्र नं ३मा पौडेल समुहका मेहदी हुसेनको उम्मेद्वारी रहेको छ । यस्तै क्षेत्र नं. ४ मा पौडेल समुहबाट जामिल आजदको र देउवापक्षबाट अयुव अन्सारीको उम्मेद्वारी रहेको छ । ६ गते क्षेत्रको निर्वाचन हुदैं छ ।

anil