धरान / नेकपा एमालेको असन्न १० औं महाधिवेशनमा प्रतिनिधि छनौटमासहमति नभए पछि सुनसरी निर्वाचन क्षेत्र नं १ को छनौट गर्ने जिम्मा जिल्ला कमिटीलाई दिइएको छ ।

बिहिबार पनि विभिन्न चरणमा नेताहरुबीच छलफल भए पनि सहमति जुट्न नसकेपछि जिल्ला कमिटीलाई नै जिम्मा दिइएको हो । दुवै पक्षबाट संख्यामा आआफ्नो दाबी भएर छलफल भएपनि सार्थक निष्कर्षमा पुग्न सकेन । दुर्व पक्षले ९ ÷९ जनाको दावेदारी पूस्तु गरेका छन् ।
यता सस्थापनका दरिलो दावेदार मुरारी सुवेदी र धरान उपमहानगरपालिकाकी उपमेयर समेत ुहनु भएकी मञ्जु भण्डारीले भने उम्मेदवारी फिर्ता गरेको समाजिक सञ्जालमार्फत जानकारी गराउनु भएको छ ।

पार्टीको वृहत्तर हितका लागि मुरारी र मञ्जुकाे त्याग
257364827_4374049789310767_3091265994632036249_n मुरारी सुवेदीले पार्टीको वेहतर हितका लागि आफु दुर्व जनाले फिर्ता लिएको ताउनु भएको छ । ‘पार्टीको वृहत्तर हितका लागि यो फिर्ता हो हारजीत क्षणीक कुरा हो नवौ महाधिवेशनका प्रतिनिधि चयनको निर्वाचन हामीले हेरेका र भोगेका नै हौं । त्यसले के फरक पारेको थियो र जीत्ने प्रतिनिधि हुनु भयो हार्ने सबैले हाँसी हाँसी सधै हाँसि हाँसि पार्टीको अभियानमा लागी नै रहनु भयो ।अहिले विषम परिस्थितिमा आन्तरीक प्रतिष्पर्धा नगरौ भन्ने मात्रै हो ।’–उहाँले फेसबुकमा लेख्नु भएको छ–‘अंकबाट माथि उठेर यथार्थपरक दीर्घकालीन सोच सहितको निष्कर्षमा पुग्न केही समय लागेको होला ।अवश्य मिल्छ,मिल्नु पर्छ ,मिल्नै पर्छ । कोही पनि हतास नवनौं ।’