काठमाडौं / नेकपा (एमाले)को १० औं महाधिवेशन चितवनमा यही मंसिर १०–१२ गते सम्पन्न हुदैं छ । जिल्लामा प्रतिनीधि छनौट अन्तिम चरणमा पुगेको छ । महाधिवेशनमा पदाधिकारीमा उम्मेद्वारीको चर्चा पनि शुरु भएको छ । ७ वटा सचिवका लागि दोव्वर आकाक्षी देखिएका छन् ।
नवौँ महाधिवेशनबाट प्रदीप ज्ञवाली, गोकर्ण विष्ट, योगेश भट्टराई, भीम आचार्य र पृथ्वीसुब्बा गुरुङ सचिव पदमा निर्वाचित हुनु हुन्थ्यो । ज्ञवाली र गुरुङको व्यवस्थापन उपाध्यक्ष या उपमहासचिवमा हुन नसके अध्यक्ष ओली उनीहरूलाई पुरानै पदमा दोहोर्‍याउने पक्षमा हुनुहुन्छ । विष्ट, भट्टराई र आचार्य पनि त्यसभन्दा माथिल्लो पदका लागि स्वाभाविक दाबेदार हो । ‘सिनियर’ नेताहरूकै व्यवस्थापनका लागि अहिलेकै पदमा दोहोरिन सक्ने संकते पनि नेताहरुले गरेका छन् । आचार्य र विष्ट पनि समकालीन दोहोरिएको अवस्थामा सहमतिमा पुरानै पदमै दाहोरिने सम्भावना निकै भएको एक केन्द्रिय नेताले बताउनु भयो ।

नवौँ महाधिवेशनमा उपाध्यक्षमा पराजित लालबाबु पण्डित, सचिवमा पराजित विष्णु रिमाल, रघुवीर महासेठ र किरण गुरुङको पनि सचिवमा दावेदारीको चचौ चलेको छ । नवौँ महाधिवेशनमा सचिवको उम्मेदवारबाट ‘ब्याक’ भएका भानुभक्त ढकाल, खगराज अधिकारी र छविलाल विश्वकर्मा पनि यस पटक सचिवमा उम्मेद्वारी दिने तयारीमा हुनु हुनुहुन्छ । यस्तै नयाँमा डा. राजन भट्टराई, पार्वत गुरुङ, ठाकुर गैरे, आनन्दप्रसाद पोखरेल, शेरधन राई, गोकुल बाँस्कोटा, महेश बस्नेतको पनि सचिवमा दावेदारीरहने चर्चा चलेको छ ।
महिलाबाट सबैभन्दा सिनियर केन्द्रीय सदस्य राधा ज्ञवाली, बिन्दा पाण्डे र थममाया थापा पनि सचिवका आकांक्षी हुन् । पूर्वमाओवादी समूहबाट सर्वसम्मत हुँदा टोपबहादुर रायमाझी र लेखराज भट्ट पनि सचिव पदमा दावी गर्ने चर्चा चलेको छ ।
१५ सदस्यीय पदाधिकारीमा सचिवमा केही नेता दोहोरिन चाहेका छन् भने केही नयाँ अनुहारले पनि आकांक्षा राख्नु भएको छ ।

प्रतिनिधि छनोटसँगै पदाधिकारीसहित नेतृत्वमा सर्वसम्मतिको माहोल बन्दै गएकाले आकांक्षी कसैले पनि औपचारिक रूपमा उम्मेदवारी घोषणा नगरे पनि चिया पसलहरुमानेताहरुलेचर्चा चलाउन थालेका छन् । हिजो विराटनगरमा प्रदेश कमिटीको पूर्ण बैठक पछि नेताहरुले चिया पसलमा महाधिवेशनमा पदाधिकारी र केन्द्रीय सदस्यकोआकांक्षीको चर्चा चलाए । माहौल मिले विशाल भट्टराई, राजेन्द्र गौतम, हिक्मत कार्की पनि पदाधिकारीमा जाने मनस्थिति बनाएको बताइएको छ ।

सर्वसम्मतिमै नेतृत्व चयनको तयारी भएकाले नेताहरु मौन रहेका छन् । अध्यक्ष केपी ओली पनि यस पटक सर्वसम्मत नेतृत्व चयन गरेर लाने मनस्थितमा रहनु भएको छ ।