विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशसभाबाट विश्वासको मत आज लिनु भएको छ ।
प्रदेशसभाको बुधबार बसेको बैठकमा मुख्यमन्त्री राईले मागेको विश्वासको मतको पक्षमा बहुमत पुगे पछि प्रदेशसभाका सभामुख प्रदीपकुमार भण्डारीले उहाँले विश्वासको मत प्राप्त गरेको घोषणा गर्नु भएको थियो ।

बैठकमा मुख्यमन्त्री राईले राख्नु भएको विश्वासको मतको पक्षमा ५० मत परेको थियो भने विपक्षमा २९ मत प्राप्त भएको थियो। प्रदेशसभाको बैठकमा ७९ जना सदस्य उपथित थिए। मत दिन्नँ भन्ने पक्षमा भने कुनै पनि मत परेको थिएन। मुख्यमन्त्री राजेन्द्र राईले नेपाल आफूमाथि प्रदेशसभाको विश्वास छ भनि प्रदेशसभामा विश्वासको मत प्राप्त गर्नु भएको हो ।

नेकपा एकीकृत समाजवादी प्रदेशसभा संसदीय दलका नेता राई गत कात्तिक १६ गते मुख्यमन्त्रीमा नियुक्त हुनु भएको थियो ।