धरान / मंसिर १० देखि १२ गते चितवनमा हुने नेकपा(एमाले)को १० औं महाधिवेशनको प्रतिनीधिका छनौटका लागि देशभर दौडधुप चलेको छ । केही जिल्लाहरुमा सहमति भएको छ ।
चरम गुटबन्दीले गाँजेको सुनसरी क्षेत्र नंं १ मा दुई प्यानल बनाएर मैदानमा उत्रिएका छन् । संस्थापन भनिएका गुटले मुरारी सुवेदीको नेतृत्वमा ९ जनाको महाधिवेशन प्रतिनीधिको उम्मेद्वारी घोषणा गरेका छन् । यता अर्को समुहले धरानका पुराना नेता तथा पूर्व नगर प्रमुख मनोजकुमार मेन्याङवोको नेतृत्वमा आज उम्मेद्वारी सार्वजनिक गरेको छ ।
जिल्ला निर्वाचन समितिका संयोजक वीरेन्द्र बस्नेतका अनुसार जिल्लामा १८८ जनाले उम्मेवारी दिएका छन् । सुनसरी क्षेत्र नंं १ मा ९ सिटका लागि ७ महिलासहित ३८ जनाले उम्मेवारी दिएको बस्नेतले जानकारी दिनु भयो । पार्टीको आन्तरिक निर्वाचन भएकाले उम्मेवारी फिर्ता लिने समय बढाइएको र सहमतिको गृहकार्य भइरहेको बताइएको छ ।
सुनसरी १ मा संस्थापन पक्षले मुरारी सुवेदी, मीन सुब्वा, राम आङवुहाङ, यज्ञराज खड्का, विना खनाल, मञ्जु भण्डारी र लहरु जिमीको टिम घोषणा गरिएको छ । उक्त समुहको अन्य व्यक्तिले पनि हालसम्म उम्मेवारी फिर्ता लिनु भएको छैन् । फेसबुक वालमा उम्मेद्वारी फिर्ता नलिने उडान राख्दैं आउनु भएको छ । संस्थापन पक्षले ९ जनाको नाम सार्वजनिक गरे पछि अर्को समुहले पनि सोमबार ९ जनाको उम्मेदवरी घोषणा गरेको छ । मेयाङम्वोसहित, रमेश कुमार बस्नेत, जय कुमार राई। सूर्य कुमार पन्धाक, ।श्याम नारायन राजधामी, डम्बर सिग्देल र महिला तर्फ शाबित्री जोशी, रुफिना गुरुङ राई, शुसिला पहाडी रहनु भएको छ । सहमतिका लागि वार्ता जारी राख्दैं उम्मेद्वारी सर्वसम्मत घोषणा गरिएको नगर नेता राजमणी निरौलाले जानकारी दिनु भयो ।
दुवै पक्षका नेताहरु सहमतिका लागि वार्ता बसिरहेको छ । सहमति भए दुर्व टिम मिलाएर जाने कुरा हुन्छ नमिलेको खण्डमा आ–आफ्नो टिम निर्वाचनामा जाने संस्थापन पक्षका नेता मोती सुनुवारले जानकारी दिनु भयो ।
निर्वाचन समितिका अनुसार भोली कात्तिक ३० गते निर्वाचन तोकिएको थियाे । तर सहमति जुटाउनलाई मङसिर ३ गते निर्वाचन गर्ने गरि समय थपिएकाे छ । ४२ जनाकाे लागि जिल्लामा १८८ जनाले उम्मेद्वारी दिएका छन् । क्षेत्र नं. १ मा ७ महिलासहित ३८ जनाले उम्मेद्वारी दिएका छन् ।