धरान / बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा अप्रेशन थिएटरमा कार्यरत चिकित्सक एवं कर्मचारीहरुले पाउदै आएको खानाको सुविधा कटौती भएको प्रति चिकित्सा तथा दन्तचिकित्सा कल्याण समाजले धयानाकर्षण भएको जनाएको छ । समाजका अध्यक्ष डा. अरुणकुमार सिंह र उपाध्यक्ष लोकेश शेखर जैसवालले हिजो वित्रप्ति जारी गरि ओटी लञ्च सुधिा कटौतीले अप्रेशन थिएटरमा कार्यरत चिकित्सक तथा कर्मचारीहरु प्रत्यक्ष प्रभावित भएको भन्दै सुविधा सुचारु गर्न माग गर्नु भएको ।

प्रतिष्ठानले अप्रेशन थिएटरमा दिदै आएको खाना सुविधा कटौती गरेपछि चिकित्सक तथा कर्मचारीहरुले आफ्नै खर्चमा व्यवस्थापन गदैं आएका छन् । चिकित्सक, विद्यार्थी तथा कर्मचारीहरुको आन्दोलनले पदाधिकारीहरु कारबाहीमा पर्ने भएपछि अप्रेशन थिएटरमा लञ्च सुविधा व्यवस्थापनमा वेवास्ता गरेको एक थरी चिकित्सकहरुको भनाई छ । प्रतिशोधकोरुपमा जिम्मेवार पदाधिकारीले लञ्चको नयाँ टेण्डर नगर्दा वा सम्झौता नवीकरण नगर्दा अप्रेशन थिएटरका चिकित्सक, कर्मचारीहरु समस्यामा भएको चिकित्सकहरुले बताएका छन् ।
प्रतिष्ठानमा लञ्चको लागि दिउँसो १ देखि २ बजेसम्म ब्रेक हुने गरेको छ । तर अप्रेशन गरिरहेका चिकित्सक, कर्मचारीहरु त्यो समयमा खाना खान घर जान असम्भव हुने भएकाले प्रशासनले दैनिक ८० रुपैया बराबरको खाजा खुवाउदैं आएको थियो । तर यो बर्ष ठेकेदार कम्पनिसँग नयाँ सम्झौता वा पुरानोलाई निरन्तरता नदिदा खाजा बन्द भएको हो ।
अहिले अपरेसन कक्षमा चिकित्सकहरु आफै आफैले खाना, खाजा ल्याएर प्रयोग गदैं आउनु भएको छ ।

समाजका प्रतिनीधिहरुले अस्पताल निर्देशक प्राडा. गौरीशंकर साहलाई लिखितरुपमा व्यवस्थापनका लागि पत्र बुझाउनु भएको छ ।
अअ प्रेशन थिएटरमा खानेपानीको सुविधा पनि नभएको समाजका अध्यक्ष सिंहले बताउनु भयो । चिकित्सकहरुको हकहितका लागि काम गदैं आएको समाजको टोलीले अपरेसन कक्ष निरिक्षण गर्दा खाजा कटौती र पानीको चरम अभाव भएको पाइएको अध्यक्ष सिंहले बताउनु भयो । उनीहरुले तत्काल व्यवस्थापन गर्न माग समेत गरेका छन् ।