धरान / इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल तथा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईलाई आफ्नै निवासमा स्वागत गर्नु भएको छ ।
नेकपा एमालेमा लामो समय राजनीति गर्नु भएका मेयर चौधरीले सुनसरीमा एमाले पार्टीमा विवाद तिव्र रुपमा भइरहेका वेला माधव नेपाललाई घर मै स्वागत गर्नु अर्थपूर्ण रुपमा हेरिएको छ । 
उहाँको निवासमा शुक्रवार नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालसहित, प्रदेश १ का मुख्यमन्त्रीलगायतका नेताहरू पुग्नु भएको एकिकृत पार्टी श्रोतले जनाएको छ । 

एमाले सुनसरीको नेतृत्वमा हेरफेरलाई लिएर असन्तुष्ट चौधरीले नेतालाई घरमा भोज खुवाउनु भएकाे छ । नेकपा एकीकृत समाजवादीको कार्यक्रममा भाग लिन इटहरी पुग्नु भएका अध्यक्ष नेपाल र प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईलाई चौधरीले शुक्रवार घरमै स्वागत गर्नु भएकाे हाे । आफ्नो इटहरी लबीपुरस्थित घरमा चौधरीले  मासु र माछाका विभिन्न परिकारले सत्कार गर्नु भएकाे बताइएकाे छ ।  

सुनसरीको इनरुवामा नेकपा एमालेको जिल्ला कमिटीको बैठकको अध्यक्ष गर्ने हकदार आफु भएको भन्दैं उहाँले बैठक स्थलमा माग गर्नु भएको थियो । विवाद हुदा केही बेर बैठकसमेत अवरुद्ध भएको थियो । उहाँले माग पुरा नभए पछि बैठक स्थलबाट बाहिरीएर पत्रकार सम्मेलन गदैं सुनसरीमा केही नेताहरुले पार्टी पद्धती, प्रकिया मिचेर काम गरेको गुनासो गर्नु भएको थियो । उहाँले सुनसरी एमाले पार्टी होइन तीन जनाको कम्पनि जस्तो भएर चलाउन खोजेको बताउनु भएको थियो ।
एक दिन अघि उहाँले त्रियुगा नगरपालिकाका मेयर तथा नेकपा एसका प्रदेश अध्यक्ष बलदेव चौधरीलाई समेत घुगी खुवाएर स्वागत गर्नु भएको थियो । उक्त स्वागतको तस्विर उहाँले नै फेसबुकमा सार्वजनिक गर्नु भएको थियो ।

dawarik lal
द्वारिकलाल चाैधरीकाे फेसबुकबाट